पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३९
मुख्य » Samachar Sanchep » जातिय राज्यको विरोधमा ब्राम्हणहरुको प्रदर्शन

जातिय राज्यको विरोधमा ब्राम्हणहरुको प्रदर्शन

पोखरा - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०५ फेब्रुवरी २०१० १२:०२ बजे   |  ३ वटा प्रतिक्रिया
जातीय राज्यको विरोध गर्दै ब्राम्हण समाज नेपालले फेव्रअरी ५ तारिख पोखरामा वृहत सद्भाव र्‍याली प्रर्दशन गर्दै ।

जातीय राज्यको विरोध गर्दै ब्राम्हण समाज नेपालले फेव्रअरी ५ तारिख पोखरामा वृहत सद्भाव र्‍याली प्रर्दशन गर्दै ।

थप छायाँहरू »


जातीय राज्यको विरोध गर्दै ब्राम्हण समाज नेपालले आज पोखरामा वृहत सद्भाव र्‍याली प्रर्दशन गरेको छ ।

जातीय विभेद, जातीय राज्य, जातीय आरक्षण र राष्ट्रिय विखण्डनका विरुद्ध जातीय सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्य सहित ब्राम्हण समाज नेपालले सद्भाव र्‍याली प्रर्दशन तथा सभाको आयोजना गरेको हो । पृथ्वीचोकबाट निस्केको सद्भावर्‍याली, नयां बजार, चिप्लेढुंगामा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीपछिको  सभामा बोल्दै समाजका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले जातीय राज्यले सदियौंदेखि रहदैं आएको सद्भाव भडकिने खतरा रहेको भन्दै,  शासकहरुलाई खबरदारी गर्न समाज अगाडि बढेको  बताउनुभयो ।

सदभाव र्‍यालीमा कास्की जिल्लाका विभिन्न गाविसबाट आएका हजारौ ब्राम्हण समुदायको उपस्थिति रहेको थियो । र्‍यालीमा सहभागी ब्राम्हणहरुले जातीय आरक्षणको आधारमा देश बिभाजन गर्दा राष्ट्रिय अखण्डतामा आंच आउने भन्दै राष्ट्रिय एकताका पक्षमा नाराबाजी समेत गरेका थिए । र्‍यालीमा उनीहरुले भजनकीर्तन गर्नुका साथै ब्राम्हण समुदायका बिभिन्न झांकी समेत प्रर्दशन गरेका थिए ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू (३ वटा कुल)

shalik ram katuwal
shalik ram katuwal ले
०९ फेब्रुवरी २०१० मा भन्नुभयो:

that is totaly all right.

renukhan
renukhan ले
०७ फेब्रुवरी २०१० मा भन्नुभयो:

thik gareu baun haru aba tito satya ma dekhaya jasto karante sikaunu parchha aanu ........ manchheharu sanga ladnu parchha hai

dhana tamrakar
dhana tamrakar ले
०६ फेब्रुवरी २०१० मा भन्नुभयो:

i agree 100%.


कुल ३ वटा प्रतिक्रियाहरु


प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )