पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ०९:५२
मुख्य » Samachar Sanchep » स्पेसटाइमका अध्यक्ष जमिम साहको हत्या

स्पेसटाइमका अध्यक्ष जमिम साहको हत्या

काठमाडौं - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०७ फेब्रुवरी २०१० ०९:०६ बजे   |  १ वटा प्रतिक्रिया

अपराधीहरुले गोली प्रहार गरी स्पेसटाइम नेटवर्क प्रालिका अध्यक्ष जमिम साहको हत्या गरेको छ ।


राजधानीको लाजिम्पाटस्थित फ्रान्सेली दूताबास नजिक आज आइतबार अपरान्ह मोटरसाइकलमा आएका दुइ जनाले साह माथि गोली चलाएका थिए ।


अपराधीहरुले कारमा सवार साहमाथि गोली चलाएका थिए । गोली प्रहारपछि ती दुबै जना बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा महाराजगन्जतर्फ लागेको प्रहरी जनाएको छ ।
साथमा रहेका साहका गाडी चालकको समेत खुट्टामा गोली लागेको छ ।


छातिमा गोली लागेका साहलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि काठमाडौमा सशस्त्र र नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।


२४ घण्टा भित्र हत्यारा पक्राउ गर्न सरकारसंग माग


उता आजै नीजि टेलिभिजन सञ्चालकहरुको संस्था टेलिभिजन व्रोडकाष्टर्स नेपाल टी बी एन ले साहको हत्याबारे सत्य तथ्य पत्ता लगाई २४ घण्टा भित्र दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष आर के मानन्धरले घटनाको भत्सर्ना गर्दै सञ्चार माध्यम सञ्चालकको सुरक्षामा गम्भिर हुन सरकारसंग आग्रह गर्नु भयो ।


नेपाल पत्रकार महासंघले आज एक विज्ञप्ति जारी गरी च्यानल नेपाल टेलिभिजनका अध्यक्ष शाहको हत्याबाट महासंघ स्तव्ध भएको जनाएको छ ।


विज्ञप्तिमा राजधानीको व्यस्त सडक र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिएको क्षेत्रमा दिन दहाडै हत्या हुनुले देशको सुरक्षा व्यवस्था कति कमजोर रहेछ भन्ने प्रष्ट हुन्छ भनिएको छ । महासंघले घटनाको छानविन गरी दोषीलाई कानूनको कठघरामा ल्याउन सरकारसंग माग गरेको छ ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू (१ वटा कुल)

Tarun Poudel
Tarun Poudel ले
०७ फेब्रुवरी २०१० मा भन्नुभयो:

राजधानीको मुटुमा जमिमको हत्याले धेरै प्रश्नहरु जन्माएको छ राष्ट्रबादी सोचको मान्छे र नेपालमा संचारको बिकासमा योगदान पुर्याएको मानिस हुन् नेपालमा केवल टिभीको सुरुवात र नेपाली भाषाको पहिलो स्याटेलाइट टिभी,दैनिक अखवारहरु संचालन गरेको नेपाली हुन् अहिलेका चल्तीका धेरै संचारकर्मी जमिमले चलाएका मिडियामा काम सिकेका हुन् परिवार...जनप्रति समबेदना र सहानुभूति , घटनाको छानबिन दोषीलाइ कारवाही हुनुपर्छ बास्तबिकता बाहिर आउनुपर्छ


कुल १ वटा प्रतिक्रियाहरु


प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )