पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:३१
मुख्य » Samachar Sanchep » उप-महासचिव बि. लिन पास्को नेपालमा

उप-महासचिव बि. लिन पास्को नेपालमा

काठमाडौं - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति १० मार्च २०१० ०८:४९ बजे   |  ० वटा प्रतिक्रिया

नेपालको शान्ति प्रक्रियाको विद्यमान स्थितिको समीक्षा गर्न र आगामी दिनहरूमा बाँकी प्रतिबद्धताको कार्यान्वयनमा अग्रगति दिनका लागि प्रोत्साहन गर्न संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बि. लिन पास्को आफ्नो तीन दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नु भएको छ।

आज उहाँले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला तथा नेपाली काँग्रेसका वरिष्ठ नेताहरू, एनेकपा…माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ। ती सबै पक्षसँग पास्कोले विश्वासको वातावरण पुनःस्थापना गर्न र शान्ति प्रक्रियालाई अगाडि बढाउनुको महत्त्वमाथि प्रकाश पार्नु भएको थियो र यस प्रक्रियामा अन्मिनको निरन्तर योगदानका बारेमा पनि छलफल गर्नुभएको थियो।

नेपाल भ्रमणका क्रममा उप-महासचिव पास्कोले अन्य राजनीतिक दलका नेताहरूका साथै रक्षा मन्त्री तथा प्रधानसेनापतिसँग पनि भेटवार्ता गर्नु हुनेछ।

अन्मिनको हतियार व्यवस्थापनको अनुगमनको कामको अवलोकन गर्न उहाँ चितवनको शक्तिखोरमा रहेको माओवादीको तेश्रो शिविरको पनि भ्रमण गर्नु हुनेछ । यसका साथै मधेशी नेताहरूसँग पनि भेटवार्ता गर्ने उहाँको योजना रहेको अनमिनद्धारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।




बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )