पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२८
मुख्य » Samachar Sanchep » कांग्रेससंग सहकार्य गर्नु पार्टीको कमजोरीः एà

कांग्रेससंग सहकार्य गर्नु पार्टीको कमजोरीः एà

काठमाडौं - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति १० मार्च २०१० १०:२५ बजे   |  ० वटा प्रतिक्रिया

संसदवाट प्रधानमन्त्री चयन गर्ने प्रणालीको पक्षमा  कांग्रेससंग सहकार्य गर्नु पार्टीको कमजोरी रहेको ठहर गर्दै नेकपा एमाले पुनः प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको पक्षमा फर्किने निर्णयमा पुगेको छ ।  

सविधान सभा शासकीय स्वरुप निर्धारण समितिमा कांग्रेसको प्रस्तावमा सहमति जनाउदै एमालेले संसदले प्रधानमन्त्री चयन गर्ने प्रणालीको पक्षमा मतदान गरेको थियो ।  तर आजको केन्द्रिय कमिटी बैठकले पुन प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नु पर्ने प्रणालीमा अडान राख्ने र सविधान सभामा पुन आफ्नो प्रस्ताव लैजाने निर्णर्य गरेको हो ।

पार्टीको नीति र आठौ महाधिवेशनको निर्णय बमोजिम प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पक्षमा अडान राख्ने र सहमति जुटाउन दलहरुसंग पहल गर्ने निर्णय भएको एक केन्द्रिय सदस्यले पत्रकारलाई जानकारी दिएका छन् । बैठकमा अध्यक्ष झलनाथ खनालले आफु संसदीय दलको नेताका हैसियतले आफूबाट समेत कमजोरी भएको भन्दै पुराना कुरा विर्सन र पार्टी नीतिमा अडिन रहन सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।  

यस्तै राज्यपुर्नसंरचनाबारे आयोग मार्फत टुङ्गो लगाउनुपर्ने निर्णय गरेको छ । एमालेले संघीय प्रदेशको संख्या, नाम र सिमा निर्धारणका लागि उच्चस्तरिय आयोग बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

राज्य पुनसंरचनाका विषयमा पार्टी भित्र विवाद बढेपछि एमालेले संघीय स्वरुपको छिनोफानो गर्ने जिम्मा प्रस्तावित उच्चस्तरिय आयोगलाई सुम्पनु पर्ने निष्कर्षमा पुगेको हो । तर जातीयताका आधारमा राज्य पुर्नसंरचना गर्न नहुने एमालेको निष्कर्ष छ ।

बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )