पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ०९:५१
मुख्य » उद्योग / उद्योगी » सुन आयात कडाइले कारोबारमा गिरावट

सुन आयात कडाइले कारोबारमा गिरावट

काठमाडौँ -   (स्रोत रासस )
प्रकाशनको मिति २६ जनवरी २०१० ०९:१३ बजे   |  ० वटा प्रतिक्रिया

नेपाल राष्ट्र बैङ्कले सुन आयातमा गरेको कडाइले नेपाली बजारमा सुनको कारोबारमा गिरावट देखिएको छ ।

     नेपाल राष्ट्र बैङ्कले बढ्दो सुन आयातले व्यापार घाटा बढाएको र यसमा हुनेगरेको लगानीसमेत जोखिममा रहेको भन्दै आयातमा कडाइ गरेको थियो । नेपालमा आयातित सुन छिमेकी भारतीय बजारमा गैरकानुनी रूपबाट निकासी भएको राष्ट्र बैङ्क स्रोतको दाबी छ ।

     सुन आयातमा भएको कडाइले विगत दस दिनमा सुन आयात घटेको राष्ट्र बैङ्कका कामु गभर्नर कृष्णबहादुर मानन्धरले सोमबार एक कार्यक्रममा बताउनुभएको थियो ।

    à¤®à¤¾à¤˜ १ गते २५० केजी, २ गते ५० केजी, ३ गते १५ केजी, ४ गते ५० केजी ५ गते ५० केजी, ६ गते एक ९५० केजी, ७ गते २५ केजी, ८ गते ७५ केजी र ९ गते ५१८ ग्राम सुन नेपाल आयात भएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।

      à¤¸à¥à¤¨ आयातमा भएको कडाइले विवाहको लगनको बेलामा समेत गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।

      à¤…हिले सरदर दैनिक १० देखि १२ केजीसम्म सुनको बिक्री भएको शाक्यले जानकारी दिनुभयो ।
 
      सुनको आयात रोकिँदा उपभोक्ताहरू बढी मूल्य तिर्न बाध्य भएको शाक्यले जानकारी दिनुभयो । राष्ट्र बैङ्कले नेपालमा आयातित सुन भारतमा गैरकानुनी रूपबाट निकासी भयो भन्नु गलत रहेको अध्यक्ष शाक्यको भनाइछ ।

      आज नेपाली बजारमा सुनको भाउ प्रति १० ग्राम रु. २७ हजार २५ रहेको छ भने अन्तरराष्ट्रिय बजारमा प्रति १० ग्राम एक हजार ९८ डलर रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
 

बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )