पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:४१
मुख्य » Pravasi Nepali Samachar » पोर्चुगलबासीले शहीद परिवारलाई सहयोग गर्ने

पोर्चुगलबासीले शहीद परिवारलाई सहयोग गर्ने

लिस्बोन - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०१ फेब्रुवरी २०१० २१:३१ बजे   |  ० वटा प्रतिक्रिया

बाह्र वर्षे जनयुद्ध कालमा मारिएका शहीदका विपन्न परिवारलाई पोर्चुगलवासी श्रमिक नेपालीले अध्ययन गर्न सहयोग गर्ने भएका छन् ।


नेपाली जनप्रगतिशील मन्च पोर्चुगलको राजधानी लिस्बोनमा हिजो सम्पन्न प्रथम विस्तारित वैठकले सो निर्णय गरेको हो । स्कूल जान नपाएका शहीद परिवारलाई पढ्न सघाउनु हाम्रो मूल लक्ष्य हुनेछ । त्यसको निम्ति हाम्रो श्रमबाट आएको पैसा जम्मा गर्नेछौँ। मन्चका अध्यक्ष राम बहादुर गौचनले भन्नुभयो ।


अध्यक्ष गौचनको अध्यक्षता र महासचिव शेरसिँ ठकुरीको सँचालनमा सम्पन्न सो वैठकले विपन्न शहीद परिवारको पहिचान सम्पर्क र रकम सँकलनको निम्ति राजन पुडासैनीको सँयोजकत्वमा विभाग पनि गठन गरेको छ ।


वैठकले अध्यक्ष रामबहादुर गौचनको अध्यक्षतामा सचिवालय गठन गरेको छ । सचिवालय सदस्यमा राममणि रिजाल शेरसिँ ठकुरी राजकुमारी घर्ती राम गुरुँग नारायण सुवेदी भीम काफ्ले र सँजोग श्रेष्ठ सदस्य हुनुहुन्छ ।


आगामी फरबरी २८ तारिख आइतबार जनयुद्धको वार्षिकी भव्य रुपमा मनाउन उपाध्यक्ष राममणि रिजालको नेतृत्वमा महासचिव शेरसिँ ठकुरी सँयोजक रहेको जनयुद्ध दिवस तयारी समिति गठन गरिएको छ । समितिको सदस्यमा राम गुरुँग पदम पाठक नारायण सुवेदी हुनुहुन्छ ।


वार्षिक रुपमा मन्चले व्यवस्थित कार्यक्रम सँचालन गर्न विभिन्न विभागहरु गठन गरेको छ । जसअनुसार सँयोजकहरुमा नारायण सुवेदी श्रमिक सम्पर्क गोविन्द दाहाल सूचना तथा सँचार दिनेश थापा मगर र चित्र गौचन युवा तथा खेलकूद राममणि रिजाल सँगठन विस्तार राज कुमारी घर्ती महिला सम्पर्क तथा लेखा अमृत परियार साहित्य कला तथा सँस्कृति उद्योग व्यवसाय डिलाराम चापागाईँ सामाजिक गतिविधि राजन पुडासैनी र राजनीतिक प्रशिक्षण लक्ष्मण देवकोटा हुनुहुन्छ ।


पोर्चुगलमा दुख पाएर अलपत्र परेकालाई सहयोग गर्ने र श्रमिक नेपालीका समस्या समाधान गर्न गठित विभाग प्रमुख नारायण सुवेदीले श्रमिक नेपालीको नियमित भेटघाट गरिने र सोही अनुसार दैनिक अप्ठेरोमा सहयोगी बन्ने कार्यक्रम रहेकोले पोर्चुगलवासी श्रमिकहरुलाई सम्पर्क गर्न आव्हान गर्नुभएको छ ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )