पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२२
मुख्य » Pravasi Nepali Samachar » बाल्टिमोरमा साहित्यिक कृति विमोचित

बाल्टिमोरमा साहित्यिक कृति विमोचित

बाल्टिमोर, अमेरिकठ- नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०२ फेब्रुवरी २०१० १०:३३ बजे   |  ० वटा प्रतिक्रिया

   जनवरी ३१ का दिन बाल्टिमोरमा आयोजित साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले  आयोजना गरेको कार्यक्रममा च्याप्टरका कार्यकारी सदस्य तीर्थराज पाण्डेयबाट लिखित चिरायु  उपन्यास र ११ वर्षीया बालिका प्रिया सुवेदीले लेखेको अंग्रेजी भाषाको बाल कथा सुपर गाल  विमोचन गरिएको हो । बालिका सुवेदीको कृति साहित्यकार शिवप्रसाद सत्याल पीठले विमोचन गर्नुभएको थियो । यसैगरी चिरायु उपन्यासको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुलीले विमोचन गर्नुभएको थियो ।


   च्याप्टरका अध्यक्ष एच बी भण्डारी प्रभातको सभापतित्वमा भएको कार्यक्रममा सुवेदीको कविता संग्रहका बारे विद्यार्थीद्वय दिव्या चन्द र रोनिक्स भण्डारीले चर्चा गरेका थिए । साहित्यकार शिवप्रसाद सत्याल पीठ पशुपति बाजाडे र तरुण पौडेलले चिरायु  उपन्यासका विविध विषयमाथि प्रकाश पार्नुभएको थियो । च्याप्टरकी उपाध्यक्ष नायिका पुजा चन्दले साचालन गर्नुभएको कार्यक्रममा सर्जकद्वय पाण्डेय र सुवेदीले पनि आ आफ्ना रचनाका बारे बोल्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले डायस्पोरामा नेपाली साहित्यको विषयमा चर्चा गर्दै कार्यक्रममा विमोचित दुवै कृतिकाबारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।


    कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुली र अतिथि साहित्यकार शिवप्रसाद सत्याल पीठलाई उहाँहरुको साहित्यिक योगदानका लागि च्याप्टरका तर्फबाट अध्यक्ष भण्डारीले अभिनन्दन तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व पीठका बारे सर्जक शास्वत पराजुली र अभिनन्दित व्यक्तित्व पराजुलीका बारे च्याप्टरका महासचिव गौतम दाहालले संक्षिप्त परिचय दिनुभएको थियो । महासचिव दाहालले च्याप्टरले प्रकाशन गरेको दुवै कृतिको बारेमा प्रकाशकीय पक्षमाथि समेत जानकारी दिनुभएको थियो । 


    बाल्टिमोरमा पहिलोपटक च्याप्टरले आयोजना गरेको यस किसिमको कार्यक्रममा नाट्यकर्मी सरोज अर्यालले निर्देशित तथा सर्लोना भण्डारी अविप्सा हमालरोनिक्स भण्डारी सहितका बाल कलाकारले अभिनय गरेको नयाँ प्रयोगको नाटक साचो  प्रदर्शन गरिएको थियो । यसैगरी कार्यक्रममा डाक्टर श्याम कार्की पारसमणी श्रेष्ठदिव्या चन्द भुवनेश्वरी बाजाडे होमनाथ सुवेदीसुरेश तिमल्सिना कृष्णप्रसाद पराजुलीसहितले आ आफ्ना कविता वाचन गर्नुभएको थियो । विमोचित उपन्यास चिरायु  शहीद दशरथ चन्दप्रति समर्पित रहेको र शहीद दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रमको आरम्भमा सबै शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण तथा शहीद चन्दको तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा शहीद चन्दका नाति धिरज चन्दले आफ्ना हजुरबुवालगायत शहीदहरुको योगदानका बारे बोल्नुभएको थियो । यसैगरी सम्पूर्ण संघसंस्थाको तर्फबाट बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बाना की अध्यक्ष रबिना थापाले कार्यक्रमको सह्राहना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई च्याप्टरका कार्यकारी सदस्य अर्जुन हमालले स्वागत तथा अर्का कार्यकारी सदस्य चन्द्र विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा नयाँ संस्था ग्लोवल एजुकेशनकल्चरल लिटरेरी सपोर्ट एशोसियसनको बारेमा तयार गरिएको पावर प्वाइन्ट संस्थाका निर्देशक एच बी भण्डारी प्रभातले प्रस्तुत गर्दै संस्थाको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।


    यसैबीच आगामी एक महिनाभित्र च्याप्टरको पहिलो अधिवेशन गर्न संस्थापन कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्दै सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । समितिमा एच वी भण्डारी प्रभातको संयोजकत्वमा पुजा चन्द, गौतम दाहाल, अर्जुन हमाल, तीर्थराज पाण्डेय चन्द्र विश्वकर्मा र राज सेन्चुरी रहनुभएको छ ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )