पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३७
मुख्य » Pravasi Nepali Samachar » डीसी क्षेत्रमा ३० ईन्चसम्म हिउँ पर्न सक्ने

डीसी क्षेत्रमा ३० ईन्चसम्म हिउँ पर्न सक्ने

वासिंङटन डीसी - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०५ फेब्रुवरी २०१० १७:४२ बजे   |  ० वटा प्रतिक्रिया
भर्जिनियाको मनाससस्थित एक वालमार्टमा ग्राहकहरुको गाडीको भीड ।

भर्जिनियाको मनाससस्थित एक वालमार्टमा ग्राहकहरुको गाडीको भीड ।

थप छायाँहरू »

वासिंङटन डीसी मेट्रो क्षेत्रमा शुक्रबार अर्थात् फेव्रुअरी ५ तारिख विहान दश बजेदेखि पर्ने अनुमान गरेको हिउँ विहान साढे नौ बजेदेखि नै पर्न शुरु गरेको छ ।

स्थानीय ग्रोसरी स्टोरहरुमा विहानै छ बजेदेखि नै आफूहरुलाई चाहिने दैनिक अत्यावश्यक सामानहरुको जोहो गर्नेहरुको भीड १२ बजे दिउँसोसम्म पनि भीडभाड देखिन्थ्यो ।

स्थानीय पेट्रोलपम्पहरु -ग्याँसस्टेशन)मा गाडीमा तेल भर्नेहरुको भीड पनि उत्तिकै देखिन्थ्यो । स्थानीय सरकारी कार्यालयहरु समेत आकश्मिक विदा दिइएको छ भने अति आवश्यक सेवा गर्ने ठाउँहरुमा कर्मचारीका लागि नजिकैका होटलहरुमा बस्ने व्यवस्था मिलाइएका छन् । त्यसैगरी स्थानीय होटलहरुमा काम गर्नेहरुका लागि पनि होटलमै बस्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी स्थानीय क्षेत्रका डल्लास, रोनाल्ड रेगन तथा बाल्टिमोरमा रहेका एयरपोर्टहरुमा विहानका सेवा सुचारु रुपमा चलेपनि दिउँसोदेखि उडानहरुमा अवरुद्द हुन थालेको छ र स्थानीय हवाइ सेवाले यात्रुहरुलाई एयरपोर्ट आउनुअघि आफ्नो उडानकाबारेमा जानकारी लिइमात्र एयरपोर्ट आउन आहृवान गरेको छ ।

आज फेरी हिउँ २० देखि ३० ईन्च  à¤¸à¤®à¥à¤® पर्न सक्ने संभावनाहरु रहेको मौसमविद्हरुले जानकारी दिएका छन् । अहिले हल्का रुपमा झर्न थालेको भए पनि शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म अत्यधिक मात्रामा हिउँ झर्ने अनुमान रहेको स्थानीय एवीसी समाचारका मौसमविद्हरुले जानकारी दिएका छन् ।

आउने आइतबार भने घाम लाग्ने जानकारी गराइएको छ । 

बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )