पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३०
मुख्य » Pravasi Nepali Samachar » डीसी मेट्रोक्षेत्र हिउँबाट जनजीवन अस्तव्यस्त

डीसी मेट्रोक्षेत्र हिउँबाट जनजीवन अस्तव्यस्त

वासिंड.टन डीसी - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०६ फेब्रुवरी २०१० १५:५७ बजे   |  ० वटा प्रतिक्रिया
बाल्टिमोरमा फेव्रुअरी ६ तारिख दिउँसोको दृश्य

बाल्टिमोरमा फेव्रुअरी ६ तारिख दिउँसोको दृश्य

थप छायाँहरू »

वासिंड.टनडीसी मेट्रोक्षेत्रमा शुक्रबारदेखि परेको हिउँले यहाँको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ ।


मेरिल्याण्ड लगायतका केही क्षेत्रमा शुक्रबार रातीदेखि नै विद्युतीय आपूर्तीमा समेत वाधा पुगेको छ ।


डीसी मेट्रोक्षेत्रका कतिपय ठाउँमा ३२ इन्चभन्दा बढी हिउँ परिसकेको स्थानीय समाचारमाध्यमहरुले जानकारी दिइरहेका छन् ।


हिउँ स्थानीय समय राती १० बजेसम्म लगातार रुपमा पर्ने मौसमविद्हरुले जनाएका छन् ।


डीसी मेट्रो क्षेत्रमा रहेका विभिन्न नेपालीहरु आफ्नो क्षेत्रमा परिरहेको हिउँका बारेमा के भन्नुहुन्छ,ः


मेरिल्याण्डस्थित नर्थ पोटोम्याक क्षेत्रमा विद्युत आपूर्ती नभएकाले आफूलाई अहिले सबैभन्दा पहिले बत्ती आए हुने थियो भन्ने लागिरहेको स्थानीयबासी संजय ढकाल(पीएचडी)ले नेपाली पोष्टलाई बताउनुभयो ।


गत रातीदेखि नै बत्ती गएकाले यो चीसोमा कष्ट भइरहेकाले केही नभए पनि बत्ती आए हुने थियो भन्दै उहाँले भन्नुभयो, विहान उठेर चीसो दूधसँग सिरियलमात्र खाएर बसेको बाहिर निस्कदाँ झण्डै कमर कमर हिउँ भएको जानकारी दिनुभयो ।


स्थानीय संचारमाध्महरुका अनुसार डीसी मेट्रो क्षेत्रका विभिन्न ठाउँमा गरी १ लाख ८० हजारभन्दा बढी परिवार विद्युत आपूर्तीबाट बन्चित भएको अवस्था रहेको र विद्युत आपूर्ती हुन कति समय लाग्ने हो अझै थाहा हुन नसकेको जनाइरहेका छन् ।


वासिंड.टन डीसीमै रहनुभएका पत्रकार लेखनाथ भण्डारीले हिउँका कारण वासिंड.ट डीसी अस्तव्यस्त रहेको भए पनि भूमिगत (अण्डरग्राउण्ड) रेल सेवाहरु भने अझै पनि संचालन रहेको जानकारी दिनुभयो ।


भण्डारीकाअनुसार, वस सेवाहरु बन्द रहेका छन् भने स्थानीय ठूला ठूला होटलहरुले घरवार विहीनहरुलाई समेत आश्रय दिएका छन् ।


त्यसैगरी स्थानीय डीसी मेट्रो क्षेत्रका अस्पतालहरुले अस्पताल क्षेत्रको हिउँ सफा गर्न र अस्पतालमा यातायातका लागि फोर हृवील ड्राइभ मोटर भएकाहसँग सहयोग गर्न समेत अपील गरिरहेका छन् ।


पत्रकार कृष्ण शर्मा भन्नुहुन्छ, आफ्नो त जीवनमै पहिलो पटक यति ठूलो हिमपात देखिएको छ, तर अब भोलिदेखि आफ्नो बाह्य जीवन कसरी शुरु गर्ने हो अहिलेदेखि नै अत्यास लागेको बताउनुहुन्छ ।


त्यसैगरी डीसी मेट्रो क्षेत्रकै आर्लिड.टन निवासी पत्रकार शास्वत पराजुली भन्नुहुन्छ, आफ्नो झण्डै ६ वर्षे बसाइमा यो सबैभन्दा ठूलो हिउँ देखेको हो । यसपटकको हिउँबाट भने झर्को लाग्ने अवस्था आइसकेको छ विगतमा भन्दा यसपटक भने धेरै हिउँ परिरहेको छ जसले गर्दा हिउँले बाधा व्यवधा पुर्याएको अनुभूति भइरहेको उहाँले बताउनुभयो ।



त्यसैगरी मेरिल्याण्ड क्षेत्रमै बसोबास गर्नुहुने रेडियो दोभानका अध्यक्ष नगेन्द्र पौडेलका अनुसार अहिले आफ्नो घर अगाडि ३ फिटभन्दा बढी हिउँ चुलिएको र आफू घर अगाडिको हिउँ सफा गर्दा गर्दा हैरान भएको जानकारी गराउनुभयो ।



उता भर्जियना लोर्टनक्षेत्रमा रहनुहुने सगरमाथा टेलिभिजनका संचालक राम खरेल पनि हिजोदेखि तीन पटक आफूले घर अगाडिको हिउँ सोहोरेको एकैछिनमा जस्ताको तस्तै हुने बताउनुहुन्छु । त्यति नगरे गाडी निकाल्न नसकिने बताउँदै हिजोदेखि घरबाट बाहिर निस्कन नसकेको जानकारी दिनुभयो ।


बाल्टिमोरबाट पत्रकार पर्ल रेग्मी भन्नुहुन्छ, हिउँले गर्दा यहाँको दैनिक जीवनलाई अस्तव्यस्त पारेको छ । त्यसो त यो हिउँले गर्दा अर्को एउटा पक्ष भने राम्रो पनि भएको छ, शनिबार कहिले विदा नपाउने कामदारहरुले समेत विदा मनाएर घरमै रमाइलो गरिरहेका छन् ।


बाल्टिमोरबाट पत्रकार मनोज आचार्य भन्नुहुन्छ, स्थिति नाजुक छ बाटोहरु सरकारी तवरबाट सफा गर्दा गर्दै पनि सफा गर्न सकेको छैन । बाल्टिमोरका पसलहरु सबै बन्द छन् । स्थानीय पेट्रोल पम्पहरु (ग्याँस स्टेशन)हरु अलिअलि खुलेका छन् ।



भर्जिनियाकै साउथ राइडिड. क्षेत्रमा बसोबास गर्नुहुने पत्रकार सुवु केसी भन्नुहुन्छ, अहिलेसम्म झण्डै २ फिट परिसकेको छ । चार पटक बारिह सफा गरिरहेको छु । बाहिर रुखका हाँगाहरु धमाधम भाँचिएका छन् । घरको झ्यालबाट बाहिरको बाटो देखिदैन । छिमेकीहरु घर बाहिर हिउँ धमाधम सफा गरिहेका छन् । मुख्य बाटाहरु सफा गरिरहेको देखिन्छ ।


रेडियो दोभानका पत्रकार मुक्ति ढवाडी भन्नुहुन्छ, जनजीवन अस्तव्यस्त नै भएको छ । आफ्नो यो दश वर्षे अमेरिका बसाइमा यति धेरै हिउँ आफूले कहिले पनि नदेखेको बताउनुहुन्छ । कहिले पनि बन्द नहुने स्टोरहरु पनि आज बन्द रहेका छन् ।


भर्जिनिया फेयरफ्याक्स निवासी उमेश गिरी भन्नुहुन्छ, आफूबसेको बाहिर हिउँ निक्कै परेको देखिएको छ र सफा गर्नेहरु सफा गरिरहेका छन् ।


भर्जिनिया उडव्रिज निवासी विश्व क्षेत्रीका अनुसार घर बाहिर गाडी पुर्न लागिसकेको त्यसैगरी रुखहरु लड्ने क्रम शुरु भइसकेको र स्थानीय जन-जीवन अस्तव्यस्त रहेको जानकारी दिनुभयो ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )