पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:३६
मुख्य » Pravasi Nepali Samachar » राजदूत शर्मा लसएन्जलस्थित पशुपति फाउण्डेशनमा

राजदूत शर्मा लसएन्जलस्थित पशुपति फाउण्डेशनमा

लस एन्जलस, अमेरिका - गोकुल ढकाल
प्रकाशनको मिति ०७ मार्च २०१० ०७:५१ बजे   |  ० वटा प्रतिक्रिया
राजदूत शंकर प्रसाद शर्मा (पीएचडी) लसएन्जलस्थित पशुपति फाउण्डेशनको कार्यक्रमपछि ।

राजदूत शंकर प्रसाद शर्मा (पीएचडी) लसएन्जलस्थित पशुपति फाउण्डेशनको कार्यक्रमपछि ।

थप छायाँहरू »


अमेरिकाका लागि नेपाली राजदुत शंकर प्रसाद शर्मा (पीएचडी)लाई क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित श्री पशुपती पशुपती फाउन्डेशन, यू एस ए  ले शनिबार सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

क्यालिफोर्निया राज्यमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका राजदुत शर्मालाई सात समुन्द्र पारीको देश अमेरिकामा पशुपती मन्दिर, बुद्ध स्तुप, सामुदायिक भवन निर्माणको दश बर्शे योजना लिएर स्थापित श्री पशुपति फाउन्डेशन, यू एस ए  ले आज सम्मान कर्यक्रमको आयोजना गरेको हो ।
 
फाउन्डेशनका कोशाध्यक्ष पुन्नाखर ”ॠशी” ढकालको एल मोन्टेस्थित निवासमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै राजदुत शर्माले मन्दिर निर्माण लगायतका सामुदायिक बिकास निर्माणका यस्ता कार्यमा दुतावासले यथासक्य सहयोग गर्ने आश्वाशन दिलाउनुभयो ।

फाउन्डेशनका अध्यक्ष भक्त थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ए एन एस, क्यालिफोर्नियाका संस्थापक अध्यक्ष बेदभक्त जोशी, इन्जिनीयर कन्हैया कायस्थ, फाउन्डेशनका कोशाध्यक्ष पुन्नाखर ”ॠशि” ढकाल, उपाध्यक्ष शिव अधिकारि, गोकुल पौडेल र  महासचिब प्रेम गुरागाइंले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

राजदूत मनोज गजुरेल साँझमा

यसैबिच राजदुत शर्मा फ्रेन्ड्स अफ नेपाल, लस एन्जलसद्धारा शनिबार आयोजित नेपालका चर्चित हांस्य कलाकार मनोज गजुरेलको हास्य कार्यक्रममा प्रमुख अतिथीको रुपमा सरिक हुनुभयो ।

संस्थाका सभापति डा. शम्भु ढुंगानाको सभापतित्वमा सम्पन्न गजुरेलको एकल हास्य कार्यक्रममा उनले समसामयिक राजनीति र जनचेतनाका बिषयहरुलाई हास्यात्माक खुंराकको पाराले प्रस्तुत गरेका थिए ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )