पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:३५
मुख्य » Pravasi Nepali Samachar » नेपाली महिलाले मनाए अन्तराष्ट्रिय नारी दिवस

नेपाली महिलाले मनाए अन्तराष्ट्रिय नारी दिवस

वासिंङटन डीसी - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०७ मार्च २०१० ११:४५ बजे   |  ० वटा प्रतिक्रिया
अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा अमेरिका नेपाल महिला संगठनले शनिबार भर्जिनियामाको अन्तरक्रिया कार्यक्रम।

अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा अमेरिका नेपाल महिला संगठनले शनिबार भर्जिनियामाको अन्तरक्रिया कार्यक्रम।

थप छायाँहरू »


अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा वासिंङटन डीसी मेट्रो क्षेत्रमा रहेका नेपाली महिलाहरुको संगठन ”अमेरिका नेपाल महिला संगठन”ले शनिबार भर्जिनियामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

”द्धन्द्धबाट उत्पन्न आप्रवासी समस्या र महिला अधिकार” विषयक छलफल कार्यक्रममा नेपालबाट अमेरिका भ्रमणमा आइपुग्नुभएकी महिलाअधिकारकर्मी शर्मिला कार्की, दुर्गा सोव, डीवी सागर, विष्णु थापा, सिमा धामी, डीसी क्षेत्रकै साल्ट नामक गैर सरकारी संस्थाका तर्फबाट अंजली चौधरीले बोल्नुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट संविधान सभाका सभासद् रहनुभएका धनराज गुरुङलाई अतिथि बनाइएको सो कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूताबास वासिंङटन डीसीका उप-नियोग प्रमुख कालि प्रसापद पोखरेल रहनुभएको थियो ।

कार्यक्रमका उद्देश्यका बारेमा बिजया साहले प्रकाश पार्दै आगन्तुकहरुको स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा संस्थाकी उपाध्यक्ष सुनिता सिवाकोटीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  

कार्यक्रमको संचालन अमेरिका नेपाल पत्रकार संघकी सदस्य शर्मिला उप्रेतीले गर्नुभएको थियो ।
 
छलफल कार्यक्रमबाट प्राप्त लिखित सुझावहरुलाई डीसीस्थित नेपाली दूताबासमार्फत नेपाल सरकारलाई पठाइने जानकारी संघकी सचिव सीमा धामीले नेपाली पोष्टलाई दिनुभयो ।

नयाँ कार्य समिति

सोही कार्यक्रममा महिला संगठनको नयाँ कार्य समितिको घोषणा गरिएको थियो । नयाँ कार्य समितिको अध्यक्षमा विष्णु कुमारी थापा, उपाध्यक्षमा सुनिता सिवाकोटी सचिवमा सीमा धामी, कोषाध्यक्षमा शारदा खातीलाई निर्वाचन आयोगका अध्यक्ष श्याम कार्की तथा रवीना थापाले सपथ ग्रहण गराउनुभएको थियो । नयाँ समितिले थप तीन जना सदस्यहरुलाई मनोनयन गर्ने भएको छ ।

यो संस्थाले डीसी मेट्रो क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएको छ । यसको संस्थापक अध्यक्षमा रीता तिवारी र दोस्रो कार्यकालमा माधवी कार्की रहिसक्नुभएको छ । संस्थाले हरेक महिनाको अन्तिम आइतबार स्वास्थ्य विमा नभएका महिलाहरुका लागि निशुल्क स्वास्थ्य परीक्षण गराउँदै आएको छ । त्यसैगरी वर्षको एकपटक महिलाहरुका लागि ”मेमोग्राम” परीक्षण गराउँदै आएको छ । त्यसैगरी संस्थाले हालसम्म नेपालमा दुइ जना अनाथ बालिकाहरुलाई वार्षिक ५ सय डलर छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।

यस वर्षको यही आउँदो अप्रिल ६ तारिख ”मेमो ग्राम” परीक्षण वासिंङटन डीसीस्थित जर्ज वासिंङटन अस्पतालको सहयोगमा गरिने छ ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )