पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२३
मुख्य » Chautari » एनआरएन अमेरिका सहमतिको आधारमा गठन गरिनुपर्छ
डिल्लीराज पौडेल

एनआरएन अमेरिका सहमतिको आधारमा गठन गरिनुपर्छ

बाल्टिमोर - डिल्लीराज पौडेल
प्रकाशनको मिति ०३ फेब्रुवरी २०१० १०:३१ बजे   |  ० वटा प्रतिक्रिया


गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संगठन गैर आवासीय नेपाली संगठन (एनआरएन) विश्वभर रहेका नेपालीको साझा संस्था हो । आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न यसले क्षेत्रिय र राष्ट्रिय रुपमा विभिन्न निकायहरुको गठन गर्दछ, जसले एनआएएनलाई अन्तर्राष्ट्रिय रुपमा समन्वयन गर्न सहयोग पुग्दछ । अहिले उत्तर अमेरिकामा एनआरएनको औपचारिक संस्था कुन हो र यो कसरी क्रियाशील हुँदैछ त्यसको खोजिमा छन् अमेरिकी डायस्पोराका नेपालीहरु ।

जेष्ठता र प्रभावकारीताका हिसावले झण्डै तीन दशकको इतिहास पार गरेको एएनए नै उत्तर अमेरिकी  पहिलो गैर आवासीय नेपाली संस्था हो । आज विश्वभर फैलिएको एनआरएन गठन गर्न स्वयम् आफ्ना केही सदस्यहरु सहभागी गराएर एनआरएनको स्थापना गर्न पहलकदमी गर्ने प्रेरणाको स्रोत समेत एएनए नै हो । समय, सन्दर्भले एएनएले एनआरएनको संस्थागत विकास र विस्तार गर्न नसकेता पनि आज एनआरएनको विश्वव्यापी कारणले प्रत्येक नेपालीलाई खुशी तुल्याएको छ, यो आफैंमा गौरवको विषय हो ।

सन् १९९१ को हाराहारीमा न्याक (NAC) को गठन भयो । विशेषतः डायस्पोराका गतिविधिलाई अरु बढी प्रभावकारीताका साथ उठान गर्ने मनसायका साथ गठिन न्याकको स्थापनाकालमा नै यसको आवश्यकता र प्रभावकारिताका सवालमा विविध चर्चा-परिचर्चा भएता पनि न्याकले एएनएसँग हातेमालो गर्दै क्रियाशील रह्यो । न्याकको गठन समयको एउटा भिन्न परिवेशमा भए तापनि स्थापनाको हिसावले एएनएकै पूर्व नेतृत्वहरु क्रियाशील रहे न्याकमा अर्थात न्याकदेखि एनआरएनसम्मको गठन र नेतृत्व प्रदान गरेर गैर आवासीय नेपाली संस्थाहरुको विकास र विस्तार गर्नमा एएनएले पुर्याएको योगदान ज्यादै प्रशंसनीय छ । उत्तर अमेरिकाको ठूलो र पुरानो संस्थाको हैसियतले सबैका दृष्टि संस्थाको प्रभावकारिता र समन्वयनता सम्बन्धमा केन्द्रित भएको पाइन्छ । एएनएको नेतृत्व चयन प्रक्रियाप्रति डायस्पोराका असन्तुष्टीलाई समाप्त पार्न र संस्थालाई सम्पूर्णतामा एकताको रुपमा चित्रित गर्न अधिकांश कम्युनिटी अर्गनाइजेशनका प्रमुखलाई कार्यकारीमा चयन गर्ने नयाँ प्रयासलाई स्वागत गर्नैपर्छ । आगामी दिनहरुमा अरु बढी संस्थाहरुसँगको अन्तरसम्बन्धले यसलाई अरु बढी शसक्त र जागरुक बनाउन सक्दछ ।

अहिले एनआरएन अमेरिका गठन प्रक्रियामा रहेको छ । यसको गठनसँगै न्याकको विघटन र पुनर्गठनको सन्दर्भ जोडिएको छ । प्रथमतः न्याकको स्थापना र नेतृत्वमा एएनएकै पूर्व सदस्यहरु क्रियाशील रहेको र न्याक र एएनएले हातेमालोको आधारमा कार्य गर्दै आएकाले न्याकको विघटन र पुनर्गठन एएनएको निम्ति चासोको विषय रहन सक्दछ । यदी न्याक असफल भइ विघटन भएको हो भने नेतृत्व कमजोरीको हिस्सा एएनएले समेत वहन गर्नुपर्छ । यदि समयको परिवर्तित परिवेशमा न्याकको पुनर्गठन बाञ्छिनिय रहेकाले न्याकको पुनर्गठन गर्न खोजिएको हो भने एएनएसँगको परामर्श र सहभागीता विना गठन गरिएको न्याकको पुनर्गठन तथा एनआरएन अमेरिका अधुरो र अपूरो रहनेछ । विधानतः न्याक स्वतन्त्र रुपले विघठन र पुनर्गठन हुन सक्ला तर केवल न्याकको नाममा मात्रै यो संभव छ ।

यदि न्याक स्वतन्त्र रुपमा एनआरएन अमेरिकाको आधिकारिक संस्थाको रुपमा स्थापित हुन खोजेको हो भने यसले अमेरिकी डायस्पोरालाई सकारात्मक सन्देश दिने छैन । सवाल के हो भने जसले आफ्नै मातृसंस्थालाई विर्सेर एक्लै दौडिएर पहिलो हुन खोज्ने प्रवृत्तिले समग्र डायस्पोराको समुचित नेतृत्व कसरी गर्न सक्दछ ? एएनएको नेतृत्वमा कतिन्जेल डायस्पोराको सेवाका कुरा गर्ने नेतृत्व सकिएपछि व्यक्तिगत महत्वाकांक्षाका आधारमा कुनै अर्को संस्था निर्माण गरेर डायस्पोराकै खिलाफमा क्रियाशील हुने हो  भने कतै न्याकको पूनर्गठन व्यक्तिगत महत्वाकांक्षाको पराकाष्ट त होइन ? अहिले न्याकको पुनर्गठनपछि डायस्पोरामा तातो बहसको विषय बनेको छ ।

विघठित न्याकद्धारा हालसालै प्रकाशित प्रेस विज्ञप्तिमा २ दर्जनभन्दा बढी अमेरिका-क्यानाडाका नेपाली संस्थाले न्याकलाई एनआरएन अमेरिकाको नेतृत्व लिन सुझाव प्रदान गरेको प्रसंगले डायस्पोरालाई फेरी एकपटक झस्काएको छ । के न्याकको नेतृत्वलाई थाहा छ उत्तर अमेरिका र क्यानाडामा जम्मा जम्मी कतिवटा संस्थाहरु क्रियाशील छन् ? डीसी मेट्रोक्षेत्रमा मात्रै ३ दर्जनभन्दा बढी संस्थाहरु क्रियाशील छन् । अनि कतिवटा संस्थाहरुको संख्या गणपुरक संख्या हो एनआरएन अमेरिकाको औपचारिक संस्था बन्नको निम्ति ? के एनआरएनले आफ्नो शाखा निर्माण निश्चित टाउकाको आधारमा गर्छ वा निश्चित क्षेत्रमा रहने नेपालीहरुको भावनाको आधारमा ? २८ वटा संस्थाको म्याण्डेटको आधारमा आफूलाई मात्रै एनआरएनको हकदावी गर्दा अन्य सयौं संस्थाहरुको सम्मान वा अपमान हुन्छ ? फेरी संख्याको आधारमा एनआरएनको हक दावी गर्ने हो भने भोलि टोल पिच्छे कोठे र बैठके संस्थाहरु जन्मन सक्दछन् र केही चम्रे र तिल्केहरुले आफूलाई झिल्के बनाउन संस्थाहरुलाई भर्याङको रुपमा प्रयोग गर्ने प्रवृत्तिको विकास हुनेछ । यस्तो प्रवृत्तिले सामाजिक विखण्डन र विचलन ल्याउनेछ । आजको आवश्यकता भनेको सिंगो अमेरिकालाई खण्डमा होइन समग्रमा र संख्यामा होइन सारमा बुझ्नु हो । त्यसैले साइजको आधारमा आफूलाई बुढोपाको र ठूलो संस्थाको रुपमा रहेतापनि सुस्त गतिमा चल्ने एएनए र साइत हेरेर मौका पाउना साथ वाइपासको चौका हान्ने न्याक दुवैको शैलीमा परिवर्तन हुन आवश्यक छ ।

एनआरएन अमेरिका गैर आवासीय नेपालीहरुको साझा भावनाको प्रतिविम्व हो । यसको प्रकृतिलाई सारगत रुपमा सफल पार्न आम उत्तर अमेरिकी गैर आवासीय नेपालीको भावनाको कदर गर्दै साझा सहमतीबाट यसको गठन गर्नुपर्छ । क्रियाशीलता र प्रभावकारीताको आधारमा एनआएनले यसको अगुवाइ गर्नुपर्छ । विघठित न्याकका पदाधिकारीहरुको आधारमा एएनएले यसको अगुवाई गर्नुपर्छ । विघठित नयाकका पदाधिकारीहरु आफ्नो मातृघर फर्कनु पर्दछ, आम नेपालीहरुसँगै जिउने सँगै मर्ने भावनाको कदर गर्नुपर्छ । यसैमा एएनए र न्याकको महानता छ । त्यसैमा आज गैरआवासीय नेपालीहरुको कल्याण छ । त्यसैले आउ, एनआरएनको एउटा साझा चौतारी निर्माण गरौं । त्यही चौतारीमा बसेर दोहोरो नागरिकता प्रदान गर्नुपर्ने, दोहोरी गाउँला, एनआरएनलाई मताधिकार हुनुपर्ने विषयमा कचहरी बसौंला, समाबेसी प्रजातन्त्रमा एनआएएनलाई समेत प्रतिनिधित्व गराउनुपर्छ भन्दै सामुहिक आवाज बुलन्द पारौंला अनि आर्जेको धन र सिकेको ज्ञानलाई नयाँ नेपाल निर्माण गर्नेको लागि लगानी गरी आमाका दुध र जन्मेको धर्तीको भारा तिर्न कर्तव्य र जिम्मेवारी पूरा गरौंला ।



बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )