पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३३
मुख्य » Chautari » उपराष्ट्रपतिको सपथ ग्रहण प्रकरण
गोविन्द गिरी प्रेà

उपराष्ट्रपतिको सपथ ग्रहण प्रकरण

वासिंङटन डीसी - गोविन्द गिरी प्रेà
प्रकाशनको मिति ०८ फेब्रुवरी २०१० १९:३५ बजे   |  ० वटा प्रतिक्रिया

सर्वोच्च अदालतको निर्णय र आदेश वमोजिम नेपाल सरकारले सवै सरकारी सुविधा वंचित गरेपछि पनि चूपचाप आफ्नो पदलाई काखी च्यापेर वसेका नेपालका निष्कृय राष्ट्रपति परमानन्द झाले नयाँ संसोधित संविधान अनुसार मैथिली र नेपालीमा सपथ ग्रहण गरेपछि उनको पद अव सकृय भएको छ र उनी नेपालका वैध, सकृय उपराष्ट्रपति भएका छन् । वारम्वार उल्लेख गरिरहन नपर्ने तथ्य के हो भने उनले संविधान वमोजिम नेपाली भाषामा सपथ नलिई हिन्दी भाषामा सपथ लिए । त्यसको व्यापक विरोध भयो । उनका पुतला जलाइए । र्सवाेच्चमा मुद्दा पर्यो र सर्वोच्चले संविधानको मर्म अनुसारको फैसला दियो, निश्चित दिनभित्र नेपालीमा सपथ नलिए उनको पद निष्कृय हुनेछ र सरकारले सवै सुविधा कटौती गर्नु । सरकारले सर्वोच्चको फैसलाको सम्मान गर्यो र परमानन्द झा उपराष्ट्रपतिवाट निष्कृय उपराष्ट्रपतिमा पदोन्नती भए ।

नेपालमा जस्तोसुकै असल कामको पनि उछित्तो काढ्ने ठूलो जमात छ । त्यस्तै जतिसुकै निकृष्ट र अनैतिक कामको पक्षमा जुलूस निकाल्ने दस्ता पनि छ ।

राष्ट्रको उपराष्ट्रपति जस्तो गरिमामय पदमा वसेर सिंगो नेपाल र नेपालीको हितका लागि सोच्नु पर्ने व्यक्तिले संविधानको प्रावधानलाई मानमर्दन गरेकोमा ठीक गर्यौ भन्दै नेपालका ९१ भाषा भाषीहरुको समूहले जुलूससहित परमानन्द झालाई ठिक गर्यौ र अव तिमी अडिग वस हामी ति म्रो साथमा छौं भनेर उकेरा लाइदिए ।

उदेकलाग्दो कुरा के भने ती ९१ भाषाभाषीहरुको समूहले परमानन्द झालाई आआफ्नो मातृभाषामा नभइ नेपाली भाषामै सुझावको उकेरा लाएका थिए । यदि तिनले आआफ्नो मातृभाषामा वोलेका भए परमानन्दले किमार्थ वुझ्ने थिएनन् ।

त्यसैले त परमानन्दले पनि उनीहरुसँग नेपालीमै वात मारेका थिए ।

अब यो विवादको टुँगो लागेको छ, परमानन्दले नजानेको नेपाली भाषा निष्कृय अवस्थामा ट्यूसन पढेर जानिफकार भैसकेका छन् र उनको मातृभाषा पनि उनको पुनर्जन्मसँगै हिन्दीबाट मैथिली भैसकेको छ ।

अब यौटै प्रश्न छ, परमानन्द झाको मातृभाषा के हो ? हिन्दी हो भने उनले मैथिलीमा किन सपथ गरे ? मैथिली हो भने यतिका महिना निष्कृय छउन्जेल हिन्दी भाषाकै लागि किन मरिहत्ते गरिरहे ?

कुरा यतिमा मात्र टुँगिदैन, हिन्दी भाषाका लागि सही थापेर उकेरा लाउने ती ९१ भाषा भाषीहरुको त्यो सुदूर आकाँक्षामा परमानन्दले मूत्रत्याग गरेका हुन् ?

के उपराष्ट्रपति जस्तो गरिमामय पदमा विराजमान हुने व्यक्तित्वले छेपाराले रंग फेरेजस्तो मातृभाषा वदल्न नैतिकताले सुहाउने कुरा हो ?

हिन्दी मेरो भाषा हो, मलाई हिन्दी बाहेक अरु भाषा आउँदैन भनेर बोलेको झूठका लागि उपराष्ट्रपति पद दाउमा राख्दासम्म उनी आफ्नो अडानमा रहने व्यक्तिका रुपमा पुजनीय थिए तर अव मातृभाषा नै परिवर्तन गरेपछि उनी झूठको पूजनीयवाट यथार्थको निन्दनीयमा परिवर्तन भएका छन् ।

जुन मुलुकमा मुलुकको रथ हाँक्ने जिम्मा पाएका सारथीहरु नै झूठको भकारो हुन्छन्, अनैतिकताका शौचालय हुन्छन्, वेइमानीका फिकदानी हुन्छन्, भ्रष्टाचारका आहाल हुन्छन् त्यो देशका जनताले के आशा गर्ने ?

यो तथ्य उपराष्ट्रपति पदमा पुन सकृय परमानन्द झालाई मात्र होइन, उनलाई त्यो ठाउँमा पुन विराजमान गराउने तथाकथित नैतिकवान, स्वच्छ, जनप्रतिवद्ध, लडाकु, जुझारु, प्रजातन्त्रका पहरेदार दल र तिनका नेताहरु सवैलाई समान रुपले लागु हुन्छ । यिनै हुन् परमानन्दहरु जन्माउने, नौटंकी गराउने र पछि आफैं नौंटंकीको पात्र बन्ने ।

होइन भने भाषा भनेको सम्प्रेषणको माध्यम हो । एकले बोलेको भाषा अर्कोले नबुझे त्यो सम्प्रेषणीय हुँदैन । जव त्यो सम्प्रेषणीय हुँदैन तव त्यसको क्यै अर्थ हुँदैन ।

जेहोस् थिचिएर, थेप्चिएर, चेप्टिएर, सच्चिएर वा पदलोलूप भएर आफू मात्र नहारेर आफ्ना सारा समर्थक गणलाई हराएर परमानन्द झाले जे सोचेर दौरा सुरुवाल र टोपीमा नेपाली भाषामा सपथ लिनुभयो, त्यो महान् पराजयका लागि साराले इतिहासको कालखण्डभरि मूरी मूरी धन्यवाद  सदा सदा दिइरहनेछन् । किम् अधिकम् ।
 

बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )