पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२०
मुख्य » Kurakani » चेलो ल्होछारको शुभकामना

चेलो ल्होछारको शुभकामना

क्यालिफोर्निया -
प्रकाशनको मिति ०४ डिसेम्बर २००९ १६:२१ बजे   |  १ वटा प्रतिक्रिया
विष्णु गुरुङ

विष्णु गुरुङ

थप छायाँहरू »

एउटै कालचक्रमा घुम्दै वर्षहरु जति फेरिदै जान्छन मान्छे उती पूरानो । यद्यपी झझल्को भने वर्तमानमा सम्झदा नयाँ नै लाग्छ । त्यस्तै, लाहुरेनगरि पोखरामा ल्होछारको धुनमा कौडा र फालेजुमा कम्मर लच्चाएका दिनहरु विष्णु गुरुङको मगजमा चेपिएर टाँसेका छन । अमेरिकामा आएको पहिलो वर्षसम्म त उनले पोखरेली रोमाण्टिक नयाँ वर्षाइ स्मरण गरेर बिताए । तर, त्यो स्मृतीले त झनै उनलाई तड्पाइन । तड्पाइको प्रतिफलमा एक कदम अघि सर्दै आफ्नै नेतृत्वमा जवर्जस्ती तमू समाज खोलिन अमेरिकामा पनि घाटु, फलेजु र कौडा दन्काउन । संस्कृत्रि्रति विष्णुको लगावको साथै महिनादिनपछि हुने बाघ अर्थात चेलो वर्षमा टेक्नै लागेको ल्होछारको सन्दर्भमा नेपाली पोष्टका लागि जाङ्वु शेर्पाले गरेको कुराकानी ।


ल्होसार कि ल्होछार ?
ल्होछार र ल्होसार दुवै भन्छन तर म चाहिं ल्होछार नै वन्छु । जे भएपनि नयाँ वर्षहो आखिर ।


काठमाडौंमा तपाइहरुको तमू समाजले त ल्होछार हैन ल्होसार नै हुनुपर्छ भन्छन त ? शाब्दिकरुपमा त स्पष्ट हुनुपर्‍यो नी हैन र ?


हैन म तपाइँलाई प्रट्याउँछु है त । मलाई जहाँसम्म लाग्छ गुरुङ भाषामा सार भन्ने शव्द छैन । छार भनेको चाहिं फूल्नु हो । त्यसैले ल्हो भनेको वर्ष। यसर्थमा मलाइ ल्होछार हो भन्ने लाग्छ  । हो तपाइँले भनेजस्तै क्लियर चाहिं हुनुपर्छ ।
 
विशेष के गरिन्छ गुरुङ ल्होछारमा ?


त्यहि हो ठुलो वडा र मान्यजनवाट आशिर्वाद थाप्ने अनी रमाइलो गर्ने नयाँ-नयाँ कार्यको शुभारम्भ गर्ने । विभिन्न मेला र खेलकुदहरुको आयोजना गरिन्छ । विशेषत गुरुङ पोशाकमा केटाकेटी देखि वुढापाकासम्म दिल खोलेर घाटु र कौडा नृत्यमा झुम्दा रमाइलो हुन्छ ।


त्यसोभए कति भयो त क्यालिफोर्नियातिर ल्होछार मनाएको ?


सन २००५ वाट सुरु गरेको भनेपछि लगभग ६ वर्ष भएछ । आएको चाहिं सात वर्षटेक्नै लाग्यो ।


छ वर्षम्म लगातार मनाउँदा कस्तो अनुभुव सँगाल्नुभयो त ?


हो, यो सन्दर्भम्ाा मैले भन्नै पर्दा विदेशमा पनि कमसेकम एउटा सांस्कृतीका पहिचानको विकास भएको छ । सुरुका दिनहरुमा मनाउँदा एक हिसावले जटिल पनि थियो, विशष गरेर समय अभाव स्थानको तय गर्दा यस्तै अरुलाई संगठित गर्दा चुनौतीपूर्णरुपमा वित्यो । अहिले हामी त्यो चुनौतीहरु पार गर्दै यहाँसम्म पुग्न सफल भए । अरु सहभागिवाट पनि एकदम राम्रो प्रतीक्रिया पाएँ । त्यो नै हो ।


क्यालिफोर्निया गुरुङजाती कती छन कुनै खाका छ ?


तीनसय भन्दा बढि छन । तयसलाई संगठित गर्ने प्रयास हुँदैछ ।


यसपालीको ल्होछारमा चाहिं विशेष के हुनेछ ?


विशेष भन्दा पनि एक त चाडको रमाइलो अर्को जातीय पहिचान भएकोले जहाँ गएपनि संस्कृती नभुलौ भन्ने मेरो आशय हो ।


आजकल संस्कृती परम्परा भन्दा वढि फेसनतीर ढल्केको आरोप छ नी त ?


अरुको थाहा छैन तर हामीले परमपरालाई जोड दिएको छु ।


भनेपछि ल्होछारमा गुरुङ पोशाक मै ठाँटिन्छ हैन ?


हो, चाडमा पनि नलाए कहिले लाउने त । पोशाक मात्रै हैन हामी गुरुङ जातिको केहि नृत्य पनि प्रस्तुत गर्देछौं । यो ल्होछारमा ३ मलाई लाग्छ तीन सय भन्दा वढिको सहभागिता हुन्छ ।


तपाइँलाई भन्न मन लागेको तर सोध्न छुटेको केही ?


छैन । चेलो ल्होछारको शुभकामना । नेपाली पोष्टलाई धन्यवाद ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू (१ वटा कुल)

Bhupal rana
Bhupal rana ले
१८ डिसेम्बर २००९ मा भन्नुभयो:

la la jangbu, keep on.


कुल १ वटा प्रतिक्रियाहरु


प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )