पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:४२
मुख्य » Khas Khas » तिमीले स्तन ठूलो बनाएको हो ?

तिमीले स्तन ठूलो बनाएको हो ?

टेक्सास, अमेरिका - अमृता लम्साल
प्रकाशनको मिति ०७ फेब्रुवरी २०१० २२:३८ बजे   |  ११ वटा प्रतिक्रिया

विहानको छ बज्न पांच मिनेट जति बाँकी थियो, सँधै जस्तो हतार हतार गरेर विमानस्थल भित्रको सुरक्षित क्षेत्र भित्र पस्ने क्रममा थिएँ | हप्ताको पांच दिन यसै गरेर त्यहाँ प्रबेश गर्नु पर्ने हुँदा, त्यहाँ के गर्दा छिटो हुन्छ, के लगायो भने मेटल इन्डिकेटर जडिएको ढोकामा रोकिनु पर्दैन, कस्तो लुगा भयो भने चरा भुत्ल्याएको जस्तो भुत्लिनु पर्दैन भन्ने करिब करिब थाहा पाइसकेको यो बबुरी त्यो दिन, त्यो राक्षस जस्तो ढोकामा पुग्ने बित्तिकै करायो ”टूं......टूं ....टूं ...” अब परेन के फसाद ! टीएसए(ट्रान्सपोर्टेसन सिक्युरिटी एडमिनिस्ट्रेसन) को कर्मचारीको आँखा च्यातिइहाल्यो । उनले त्यो ढोकाबाट बाहीर गई फेरी आउने निर्देशन दिए । उनको आदेश पालना गर्दै पछाडी हटेर फेरी आएँ, त्यो राक्षस त फेरी कराउन्छ, ”टूं........टूं......टूं.” अब भने आफ्नो शरिर अरुलाई सुम्पनु पर्ने भयो, तलदेखि माथिसम्म छामछाम छुमछुम गर्न ! ती पदाधिकारीले महिला कर्मचारीलाई बोलाए, र आदेश दिए शरिर खानतलाशी गर्न | महिला कर्मचारीले लिएर गइन, शीशाले बनेको क्याबिनमा अनि बिनम्र भाषामा सोधिन,”म तिम्रो शरिर छाम्न सक्छु?” भनेर |  धन्न नसोधिकन अरुको शरीरमा छुँदैनन, नेपालमा भएको भए, बस चड्दा पनि आफ्नो अत्रिप्त यौन कुन्ठालाई अरुको शरीरमा धसारेर खन्याइसक्थे र त्यसमा बिरोध गर्यो भने पनि हदैसम्म,लज्जित हुने गरी टाउको निहुराएर हिँड्नु पर्थ्यो ! जेहोस् ! त्यहाँ नाई नास्तीको त कुनै अर्थनै थिएन, त्यो एउटा नियमित प्रक्रिया थियो, र कडा कानून थियो; जसको अपहेलना गरेमा सिधै जेल जानु पर्थ्यो |


उनले मेरो शरीरलाई सबैतिर छाम छुम पारिन, अनि हाते मेटल डिटेक्टर लगाएर जांच गरिन, केही पाइनन | मेरो शरीरको एउटै अङ्ग जहाँ उनको हत्केलाले छुन कानूनत मनाही थियो(पुरुशको तिघ्राको काप र महिलाको स्तनलाई छाम्दा टिएसएको नियमअनुसार  हत्केलाले होइन, हत्केलाको माथिल्लो भागले मात्र छुनु पर्दछ), तर्फ वारपारै छेडुँला जसरी तीखो दृष्टि पुर्याउँदै सोधिन,”तिमीले स्तन ठुलो बनाएको (उनको भनाई, इम्प्लान्ट गरिएको हो) हो ?” यो प्रश्नले मेरो पैतालाबाट आगोको शोलाले छेडेर तालु पुगेको महशुश भयो; तर बिबश म गर्न नै के सक्थेँ र ! एकपटक त लाग्यो, चीच्याउंदै उल्टै प्रश्न गरुँ ”के म तेरो मर्लिन मनरो र मरैया केरीको बथानमा दरिन चाहने महिला हुँ र ! मलाई त्यसो गर्नु पर्ने खाँचो छ ?” तर हरबखत कानमा घन्कीरहने रेडियोको त्यो उद्घोषण ”सुरक्षाको सबालमा कसैले मजाक गरेमा सजायको भागी बन्नुपर्नेछ |”ले सबाल जवाफ गर्नबाट रोक्यो, मैले भएभरको शक्ती लगाएर आफ्नो रीसलाई चपाएँ |


तर उपरोक्त घटनाले मलाई फेरी एकपटक पश्चीमी र पूर्बीय महिलाको सोचमा रहेको भिन्नता बारे सोच्न वाध्य बनायो | मेरो दिमागी घोडा लगामनै नलगाएको जसरी कुद्न थाल्यो |


उ, प्रतिनिधि त्यो समाजकी, जहाँ पेट भर्न र शरीर ढाक्न चिन्ता लिनु पर्ने स्थितीबाट पार भैसकेर पुरुशलाई लालायित बनाउन आफ्नो प्राकृतिकरुपबाट कृतिम रुपको संसारमा प्रवेस गर्नुपर्ने !


म, प्रतिनिधि त्यो समाजकी, जहाँ ज्वानोको झोल पिउँदै आफ्नो स्तन बढाएर भबिस्यका सन्ततीका लागि दुग्धधारा बगाउनु पर्ने !


उ, प्रतिनिधि त्यो समाजकी, कसले कती ठुलो स्तन देखाउन सक्छ र कती आफ्नो शरीरलाई नङग्याउन सक्छ भन्ने होडमा हजारौँ डलर पर्ने गाउनमा सुसज्जित हुनुपर्ने !


म, प्रतिनिधि, त्यो देशकी जहाँ एउटा आङ्ग ढाक्ने बर्को समेत नपाएर पुष माघको काठयाङ्रिदो जाडोमा चिथ्रा परिसकेको मजेत्रोले ढाक्दै  हिँड्नुपर्ने !


मलाई थाहा छ, हाम्रो सँगम कहिल्यै हुन सक्तैन |


त्यति मात्र होइन, उनलाई के थाहा, हाम्रो शरीरको त्यो सक्कली अँगको कती ठूलो बिशेशता छ भनेर ! यदी त्यो त्यती महत्वपूर्ण नहुँदो हो त, द्रब्य शाह र नरहरि शाहकी आमाले गोर्खा र लमजुन्ङ्को सीमा छुट्याउन चेपे नदीको किनारमा दुग्धधारा बगाउँदै दुई दाजु भाइको झगडा निप्ट्याउने थिइनन् होला !


भला यस सन्दर्भमा मलाई नै आस्चर्य लाग्छ, ईतिहासकारहरुले त्यस्तो तुङ्ग न तर्कको काहानी कसरी रचे होलान भनेर ! किनकी, ईतिहासमा लेखिएको त्यो कथा बाहेक मैले कहीले पनि कुनै महीलाको स्तनबाट नदीको भेलमा समाहित गर्न सक्ने गरेर दुग्ध धारा बहेको देखेकी पनि छैन र सुनेकी पनि छैन सिवाय आला सुत्केरीहरुको स्तनबाट बाहेक ! तर त्यो पनि नदीमै समाहित हुन सक्ने भेल बनेर चाँही होइन है! | सलाम छ, ती ईतिहास लेख्ने महान ईतीहासकारहरुलाई जसले कल्पनाको कुरा लेखेर भए पनि महीलाको मान बढाइदिए | यदी द्रब्य शाह र नरभुपाल शाहकी आमाले आफ्नो स्तनरुपी अङ्गको सदुपयोग नगरेकी भए कती रक्तपात मचिन्थ्यो होला !


तर ति पश्चिमेलाई के थाहा मेरी पूर्वज महीलाको स्तनले त्यती ठुलो रक्तपात टारेको थियो भनेर !


त्यती मात्र हो र, हाम्रा पशुपतिनाथको मन्दिरको उत्पत्ती पनि अर्की पोथी जात अर्थात गाई माताकै स्तनको सहाराले भएको थियो रे ! त्यो पनि मैले भनेको होइन है ! ईतिहासकारहरुले नै भनेका ! उनिहरुका अनुसार एउटी गौमाता सधैं दुध दिने बेलामा हराउँदी रहिछन, अनी चियो गरेर हेर्दा त मन्दिर उत्पन्न भएको ठाउँमा गएर दुग्धधारा बहाउँदी रहिछन! हुनत, यो सन्दर्भ पनि आस्चर्यजनक नै छ यस पन्क्तिकारको लागी; किनकी, गाई र भैँसी दुहुन कती गाह्रो हुन्छ, दुध दुहुने क्रममा शुरुशुरुमा हात पाखुरा कती बाउँडिन्छ भन्ने अनुभव यसलाई राम्रै अनुभव छ | तर जे भए पनि ईतिहासकारहरुले लेखिदिएको ”स्तन महीमा” लाई नकार्ने साहश यो बबुरी पट्टक्कै गर्न चाहन्न|


सोच्दा सोच्दै मेरो सोच यती अगाडि बढ्दै गैसकेछ, मेरो मानसपटलमा धेरै अगाडि बङ्गला देश पुग्दा भएको कुराकानीमा गएर ठोक्कियो| त्यो प्रसङ्ग अनुसार, बङ्गला एकेडमीकी तत्कालिन सदस्य तथा लेखिका सलीमा हुसेनले बङ्गला देशको गरीबीको बारेको प्रतक्ष्य प्रमाण त्यहाँका महिलाका नाङ्गो पिठ्युँ भएको उदाहरण दिएकी थीइन| हामी चुनाव पर्यबेक्ष्यण गर्न मैमुनसेन जिल्ला पुगेका थीयौँ; जहाँका अधिकांश महिलाका ढाड नाङ्गै थियो | तर मैले उनको तर्कलाई काट्दै कुतर्क गरेकी थिए, त्यो त गर्मीले गर्दा पनि चोलो नलगाएका होलान नी ! भनेर तर त्यो केबल कुतर्कै मात्र थियो |


त्यो प्रसँग सम्झन्दै म यो संसारको सत्यता नीयाल्छु, त्यहाँ गरीबीले शरीर नङ्ग्याउँछ,यहाँ अकुत धन प्राप्तीले अङ्ग प्रदर्शन गराउँछ | त्यो अङ्गलाई आकर्षक बनाउन ती पैसाका धनी तर बिबेकका टाट पल्टेकाहरुले बर्सभरीमा खर्चिने करोडौंको सम्पत्ति मेरा दिदीबहीनी, आमा हजुरआमाको ताना धकना खर्चिन पाए कतीले जय मनाउँदा होलान ! तर यस्ता शब्द पढ्ने आँखा र सुन्ने कान कता खोज्न जानु र !
 
केही समय अगाडि कतै पढ्दै थिएँ, पश्चिमी महिलाको भित्रि लुगाको उत्पादनकर्ता भिक्टोरिया सिक्रेटले २००९ मा अहिलेसम्मको सबैभन्दा महँगो भित्री चोलो (ब्रा) बनाएको रहेछ, जसको मूल्य तीन मिलियन पाउन्ड रे ! जसमा ३९०० जेम्स स्टोनहरु छन रे ! त्यसमा, एक हजार वटा कालो हीरा, ११७ वटा सेतो हीरा अनी ३४ वटा रूबी जडिएको छ रे ! फेरी दिमागी घोडा दौडन्छ, त्यस्तो त हामी पूर्वेलीहरुको लागी कल्पनाको संसारमा मात्रै सम्भव छ | त्यस्ता हीरा र ज्वावारातले जडिएका महिलाका लुगा त बीआर चोपडाले बनाएको ”महाभारत” र अरु कसैले बनाएको ”रामायाण” सिरियलहरुमा मात्रै देख्न पाएको हो |


अनी फेरी सोच्छु, त्यो तीन मिलियन पाउन्डले कती पूर्वेली महिलाको स्तन र ढाड धाकिने थियो होला ! कसैको लागि नाङ्गिन त्यत्रो रकम खर्छ गर्ने र कसैले भने छोप्नकै लागि पनि  पैसो नपाउने ! संसारमा कति ठूलो वर्ग विभेद ! हुनत, हुनेखाने पूर्बेली महिलाले पनि यदाकदा अपबादका रुपमा यस्तै उस्तै चरित्र नदेखाउने होइनन; तर पनि छोप्दा राम्रो लग्ने अङ्गको लागि त्यती धेरै पैसाको बर्बादी गर्न पुर्बेलीहरुले अली सिकिसकेका छैनन | तर म यी सबै कुरा मलाई ”तेरो स्तन ठुलो बनाएको हो ?” भनेर प्रश्न गर्ने पश्चीमेलीलाई कहाँ बुझाउन सक्छु र ? उसको दृष्टिमा त जताततै कृतिमताको संसार नै ब्याप्त छ !
 
जेहोस् ! त्यो दिनको मेरो शरीर छामछुमले उनले न त ”नाइजेरियन अन्डर्वेयर बम्बरको” जस्तो अन्डर्वेयर पाइन् न त ”सु बम्बरको” जस्तो जुत्ता, तर मैले भने यो कथा रच्ने बिषय पाएँ, जुन बिषयले पूर्बेली महिलाको स्तनको महीमा बढायो र ढुख:को गाथा सुनायो | त्यसैले बुढापाकाले भनेका कुरा एकदमै सही लाग्छ, ”जुनसुकै घटना घट्नुको पछाडि कुनै कारण लुकेको हुन्छ |”


अन्त्यमा, पाठकवृन्द, यो मेरो अभिब्यक्ती स्वतन्त्रताको उपभोग गरेको मात्र हो, यसलाई गलत नजरले पढिदिनु हुनेछैन भन्ने पूर्ण विश्वाश राखदछु ! अस्तु:


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू (११ वटा कुल)

B B LAMA,TSERING,ISRAEL
B B LAMA,TSERING,ISRAEL ले
०८ मार्च २०१० मा भन्नुभयो:

amrit ji,hajurko lekha lai mero salam,,,,yadi khulasta lekhe padna pauda sarai khusi lagyo,hajurko kalamle nirantar pawos ,mero shubhakamana !

Milan
Milan ले
०१ मार्च २०१० मा भन्नुभयो:

amrita lamsal jyu dherai ramro katha lekhnu hudo rahechha.kura boardingko garer bharepani gyan bardhak khurak dinu bhayako maa muri muri dhanyabad.yo lekhama aajako pakhandi jamanako sahi chtran gareko chaa. feri pani ramra ragyan bardhak lehk liyar aaunuhola.

Amrita lamsal
Amrita lamsal ले
१८ फेब्रुवरी २०१० मा भन्नुभयो:

तीतो यथार्थ आंखा चिम्लिदैमा अदृश्य हुंदैन भन्ने सोच राखेर सोच्यो भने लेखको दुवै पाटो देखिन्छ । जे भए पनि आफ्नो अमूल्य समय दिएर लेख पढ्दै प्रतिक्रिया समेत लेखिदिनुभएकोमा सबै पाठकहरुप्रति कृतज्ञ छु धन्याद ।

prabhu
prabhu ले
१७ फेब्रुवरी २०१० मा भन्नुभयो:

i'm so harassed by reading this artical, why nepali post has take the risk to publish this which don't do anything than decreasing it's own populararity. And amrita jee ko nepali society ko sexual psychology ko ramro upayog garne prayas ka lagi i'm not happy.

Rabina Bimali, London
Rabina Bimali, London ले
१६ फेब्रुवरी २०१० मा भन्नुभयो:

तलको यसोदालाई नेपालीमा टाइप गर्न आउंदैन भने अंग्रेजीमा नै लेखे भइहाल्यो नि । "अर्थ न वर्था गोविन्द गाई टाउको दुखेको औषधि नाइटोमा लाइ" भन्या यही हो । अरुको कुरा काट्न चाहनेले आफू शाही लेख्नुपर्यो नि होइन र ?

Sunil
Sunil ले
१५ फेब्रुवरी २०१० मा भन्नुभयो:

Yashoda jyu ko comment bujhna sakina! "kita uni keta ko naam hale pani keta naiho" Ma jasto ali kam padhe lekheko byakti le ukta kuro 10 patak padhda pani bujhna sakina, bujhaidinu bhaye kritaghya hune thiye. Ma pani London ma nai baschhu ra yesai country ko sthai basinda hu, tapai haru jasto jatil pratikriya lekhne manis pani London ma hunuhudo rahechha thaha pauda atyanta harshit chhu! Arko patak pratikriya lekhda hami jasta samanya lekhpadh gareka ko marka lai dhyan ma rakhi saral ra suddha bhasa prayog garidiye hamijasta ko pani uddhar hunthyo ki?

Yasodha Upadhyaya
Yasodha Upadhyaya ले
१३ फेब्रुवरी २०१० मा भन्नुभयो:

अम्रिताजी,
यहाँको शीर्षक हिम्मतलाई सलाम गर्दछु । लेख बडो रोचक र लेखनकला राम्रो लाग्यो । कलम अर्थात किबोर्ड लेखनमा दम देखियो । यस्तो अवस्था भोग्ने अधिकांश महिला भएपनि यसरी स्तनको बारेमा सार्वजनिक गर्ने आंट राम्रो छ, यस मानेमा कि यथार्थताको महसुस हुन्छ तपाईको अभिव्यक्तिमा ।
मलाई पनि लण्डनमा त्यस्तै गरेका थिए । मैले पनि तपाईको जस्तै रिसलाई चपाउनु परेको थियो मेरो भित्रि अंगसम्म हात पुर्याएर धेरै समयसम्म चेक गर्ने काम नसकेको देखेर ।
माथिका सुनिलको लेखाइमा अलिक हमदर्दी जस्तो देखियो । कि त उनि केटाका नाम हाले पनि केटा नै हो कि त हा म्रो जस्तो अनुसासन नटेर्ने परिन ।
जेहोस् तपाईको लेखनकलाको प्रशंसा गर्न यो कमेन्ट लेख्न मन लाग्यो ।
लण्डनबाट यशोधा

rkpanta
rkpanta ले
११ फेब्रुवरी २०१० मा भन्नुभयो:

AMRITA JI,BY Education, exposure and opportunity and also by Nature,it is matter of proud, you AMRITA, keep it up seems Naturally Beautiful.The lady inspecting you is Jealous with you.happy with my country lady.With respectfully, maintain it.rkpantakathmanduNepal

Sunil
Sunil ले
११ फेब्रुवरी २०१० मा भन्नुभयो:

Amrita ji ma pani US gairahanchhu. Harek patak timi random selection ma paryou bhanera bisesh kotha ma lagera check garchhan.1-2 patak ta thikai ho random nai hola tara harek patak Boarding card dine bela ma tehi kuro dohoryauchhan, Boarding card ma nai(XXX)jasto chinha aaudo rahechha.Aba ke garnu niyam kanun ta mannai paryo, yeslai maile samanya ghatana ko rup ma nai liye. Tara tapai ko lekh padhda malai lagyo tapai le yes kuro lai dherai para puryauna khojnu bho. Euti aaima le tapai lai testo prasna garda risaunu parne kunai karan nai dekhdina ma ta, sayad kunai purush le ukta prasna sodheko bhaye arkai kuro hunthyo. Tapai nai bhannu hunchha arko artha nalagaiyos, tara tapai nai arko artha lagauna khojdai hunu hunchha. Yo euta sanai kuro ma yeti lamo lekh nai lekhnu parne abastha chahi thiyena. Tapai janme hurkeko country ma yo bhanda badhi huna thali sakyo, baru teslai rokne tarfa dhyan dine ho ki? Dherai jana mahila haru le aafno stan thulo bhayeko kura lai Garwa ko rup ma linchhan ta, tapai chahi kina alag?

Ramji Balami
Ramji Balami ले
०९ फेब्रुवरी २०१० मा भन्नुभयो:

oho,very good.


कुल ११ वटा प्रतिक्रियाहरु


प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )