पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२०

Pravasi Nepali Samachar

छानेर हेर्नुहोस्
   नतिजा संख्या   
५१८ वटा नतिजा मध्ये १ देखि १० सम्मको नतिजा देखाउँदै
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
०७ सेप्टेम्बर २०१० १७:२८ बजे | ० वटा प्रतिक्रिया

नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरिकाका विभिन्न भागमा सामुहिक रुपमा दरखाने र नाचगानका साथ मनाउने चलन शुरु भएको छ ।यसै क्रममा कनेटिकट राज्यबाट रिसव आत्रेयले पठाएको समाचारअनुसार दुइ सयभन्दा बढी नेपाली दिदीबहिनीहरुका साथै अमेरिकी केहही नेपाललाई माया गर्ने अमेरिकी महिलाहरुसमेत भेला गराइ सेप्टेम्बर ५ तारिख आइतबार स्थानीय नेपालीहरुको संस्था ”नेपलिज् एसोसिएसन अफ कनेटिकटको आयोजनामा तीजको रमाइलो कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा भाग लिन न्युयोर्क, म्यासेचुटेस लगायतका नजि..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


लिस्बनको इस्त्रेला पार्कमा नाचे चेलीबेटीहरु
भीम के सी कमल - ०७ सेप्टेम्बर २०१० १०:३३ बजे | ० वटा प्रतिक्रिया

लरक्कै लर्क्यो रातो सारी भुंइमा,संगीसाथी सबै भैराछ भेलाभन्देउ न कुन चांहि राम्री हामी दुइमा । रातो सारी, चुरा, पोते र गरगहनाले सजिएका, मन भरी माइतीको सम्झना बोकेका पोर्चुगलको राजधानी शहर लिस्बनको सान्तोस आल्कान्त्रा भेगमा बस्ने महिला दिदिबहिनीहरुले लिस्बनको इस्त्रेला पार्क, लापामा छमछमी नाच्दै यस बर्षको तीजको दर खाएका छन् । स्थानिय महिला दिदिबहिनीहरुले स्वस्फुर्त रुपमा आयोजना गरेको सो दर खाने कार्यक्रममा उक्त भेगका प्राय दिदिबहिनीहरुको उपस्थिति रहेको बताइन नाच्दानाच्दै थाकेकी लक्ष्मी रेग्मीले । उनि लगायत&nbs..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


अर्थविद भण्डारीको अन्त्येष्ठी सम्पन्न
नेपाली पोष्ट प्रतिनिधि - ०५ सेप्टेम्बर २०१० २३:०६ बजे | ० वटा प्रतिक्रिया

शुक्रबार बाल्टिमोरस्थित युनिभर्सिटी अफ मेरिल्याण्डमा उपचारको क्रममा निधन हुनुभएका ४८ वर्षिय अर्थविद शैलेश भण्डारी (पीएचडी)को पार्थिव शरिरलाई आइतबार दिउँसो अन्त्यष्ठी गरियो । अत्येष्ठी कार्यक्रममा भाग लिन न्युयोर्क, बाल्टिमोर तथा वासिंङटन डीसी मेट्रोक्षेत्रमा रहेका नेपाली समुदाय  तथा समुदायका प्रतिनिधिहरु, वासिंङटन डीसीस्थित नेपाली दूताबासका प्रतिनिधिहरु, उहाँका परिवारजनहरु,  तथा भण्डारीका कार्यालयका सहकर्मीहरुको उपस्थिति रहेको थियो । हिन्दू विधिअनुरुप स्थानीय नेपाली पंण्डित श्रीधर ज्ञवालीले अल्पाय..

» पूर्ण पाठ पढ्नुहोस्




भर्जिनियामा चौपारी समाजद्धारा सामुहिक तीज
नेपाली पोष्ट प्रतिनिधि - ०४ सेप्टेम्बर २०१० २३:१६ बजे | ० वटा प्रतिक्रिया

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली महिलाहरु तीज आउनुअघिदेखि नै सामुहिक रुपमा भेला भएर तीजको नाचगान गर्ने क्रम शुरु गरिसकेका छन् । यसै क्रममा वासिंङटन डीसी क्षेत्रअन्तर्गत भर्जिनिया च्यान्टिली क्षेत्रमा बसोबास गर्ने महिलाहरुका लागि भनेर स्थानीय नेपालीहरुको संस्था चौपारी समाजले शनिबार साँझ एक स्थानीय सामुदायिक हलमा सामुहिकरुपमा तीज कार्यक्रम मनाएको छ । सयजनाभन्दा धेरै नेपाली महिलाहरुको उपस्थितिरहेको सो कार्यक्रममा भोज खाँदै सामुहिक नाचगान गरी तीज कार्यक्रम सम्पन्न गरेका छन् । यस्तै तीजको कार्यक्रम ..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


अर्थविद् शैलेश भण्डारी रहनुभएन
नेपाली पोष्ट प्रतिनिधि - ०३ सेप्टेम्बर २०१० १०:४१ बजे | ० वटा प्रतिक्रिया

अर्थविद् शैलेश भण्डारी (पीएचडी)को शुक्रबार विहान दश बजे बाल्टिमोरस्थित युनिभर्सिटी अफ मेरिल्याण्ड चिकित्साशास्त्र अध्ययन संस्थानमा ४८ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित राष्ट्रिय नाचघर नजिक भण्डारीचोकमा जन्मनुभएका भण्डारीले फ्लोरिडा स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको थियो । विगत १८ वर्षदेखि अमेरिकामा रहँदै आउनुभएका भण्डारी केही वर्षअघिदेखि मेरिल्याण्ड राज्यको जर्मनटाउनमा एक छोरा (वर्ष ७) र श्रीमतीका साथ बसोबास गर्दै आउनुभएका भण्डारी विहीबार मात्र नियमित चेक जाँचका लागि आफ्नो चिक..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


श्रीमती कुटेर भाग्ने नेपाली सेनाका मेजर पक्राउ
नेपाली पोष्ट प्रतिनिधि - ०३ सेप्टेम्बर २०१० ०७:२९ बजे | ० वटा प्रतिक्रिया

गत वर्ष श्रीमतीलाई कुटपिट गरेको अभियोग लागेपछि प्रशिक्षणस्थलबाटै भागेका नेपाली सेनाका मेजर गोविन्द शाहीलाई ”अमेरिकी फेडरल प्रहरी”ले मेरिल्याण्डस्थित पार्कभिल बाल्टिमोरबाट हालै प्रक्राउ गरेको छ ।अमेरिकी नेभल क्रिमिन इन्भेस्टिगेशनका प्रवक्ता पाउल ओ डोनाल्डका अनुसार मेजर शाहीलाई सेप्टेम्बर १० मा भर्जिनिया राज्यस्थित अलेक्जेण्ड्रियाको  फेडलर कोर्टमा उपस्थिति गराइने भएको वासिंङटन एक्जामिनरले आफ्नो समाचारमा उल्लेख गरेको छ ।अमेरिकी सेनाद्धारा दिइने नौ महिने प्रशिक्षणका लागि आएका मेजर शाहीले आफ्नो प्रशिक्षण..

» पूर्ण पाठ पढ्नुहोस्




अरवमा मृत्युदण्ड सुनाइएका बमप्रति झिनो आशा
भुपराज बस्याल - ३१ अगष्ट २०१० १२:२८ बजे | ० वटा प्रतिक्रिया

दार्जुला धारी गा वि स घर भएका ३३ वर्षीय अमरबहादुर बमलाई संयुक्त अरब इमिरेट्सको एक अदालतले मृत्युदण्ड सुनाएको खबर संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदुताबासले गत मंगलबार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएपछि यु ए इमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याएको छ । मृत्युदण्ड सुनाइसकेपछि अहिले आएर हत्याको आरोपमा पक्राउ परेका अन्य दुइ भारतीय नागरिक अभियुक्तहरुले अमरबहादुरको हत्यामा कुनै हात छैन उ निर्दोष छ भनेपछि बमको ज्यान बाँच्ने भो भन्नेमा स्थानीय नेपालीहरुको झिनो आसा पलाएको छ ।    वैबाहिक सम्बन्धमा बाधिए लगतै ..

» पूर्ण पाठ पढ्नुहोस्


अमेरिका नेपाल सोसाइटीको निर्वाचन समिति
नेपाली पोष्ट प्रतिनिधि - ३१ अगष्ट २०१० ०९:१२ बजे | ० वटा प्रतिक्रिया

अमेरिकाकै सबैभन्दा जेठो संस्था वासिंङटन डीसी क्षेत्रमा सन् १९६७ मा स्थापित अमेरिका नेपाल सोसाइटीको दुइ वर्षे कार्यकालकाका लागि आउँदो दशैंतिहार भेलामा नयाँ कमिटी चयन गर्नेभएको छ । सोसाइटीका वर्तमान अध्यक्ष खेम भट्टचनद्धारा प्रकाशित विज्ञप्तिका अनुसार, आउने दशैं-तिहार भेलामा डीसी क्षेत्रका नेपालीहरुद्धारा नयाँ कार्यसमिति चयनका लागि अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष राम मालाकारको संयोजकत्वमा सोसाइटीकै पूर्व उपाध्यक्ष होमनाथ सुवेदी, सोसाइटीका सल्लाहाकार कृष्ण सोभ र सोसाइटीका पूर्व महासचिव गिरीश पोखरेल सम्..

» पूर्ण पाठ पढ्नुहोस्


डीसी क्षेत्रमा तामाङ सोसाइटीको बनभोज
नेपाली पोष्ट प्रतिनिधि - २९ अगष्ट २०१० २०:१८ बजे | ० वटा प्रतिक्रिया

वासिंङटन डीसी क्षेत्रमा रहेको तामाङ सोसाइटीले अगस्ट २९ तारिख आइतबार भर्जिनियास्थित एक पार्कमा वार्षिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी हुनुहुने सबै आगन्तुकहरुलाई संस्थाका अध्यक्ष श्याम तामाङ बल (पीएचडी)ले स्वागत गर्नुभएको थियो भने अमेरिकास्थिति नेपाली राजदूत शंकर शर्मा (पीएचडी)ले यस्ता कार्यक्रमहरुबाट नेपालीबीचको एकतामा बल पुग्ने बताउनुभयो । बनभोज कार्यक्रममा स्थानीय नेपाली तामाङ समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका विभिन्न व्यक्तिहरुको उपस्थितिरहेको थियो ।..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्




सोनोमा क्यालिफोर्नियामा काठमाडौं महोत्सव
नेपाली पोष्ट प्रतिनिधि - २६ अगष्ट २०१० ०८:५२ बजे | ० वटा प्रतिक्रिया

नेपालको सांस्कृतिक लगायत अन्य विविध पक्षको अनुभव गराउने उद्देश्यले छैठौं वार्षिक "काठमाडौं फल" महोत्सव अमेरिकाको क्यालिफोर्नियास्थित सोनोमा काउन्टीको डेपोट पार्कमा यही सेप्टेम्बर ११ र १२ तारिख आयोजना हुने भएको छ । उक्त जानकारी चिल्डेर्न मेडिकल एड फाउण्डेशनले आफ्नो विज्ञप्तिमा जनाएको छ । सो महोत्सवमा नेपालका विभिन्न परम्परागत संस्कृति झल्कने कार्यक्रमहरुका साथै नेपाली परिकारहरु, पुरातात्विक महत्वका बस्तु, पहिरन, कला, गर-गहना, तन्त्रमन्त्र समेतको प्रदर्शन एवं समग्र नेपाल झल्काउने तस्वीरहरु समेत प्रदर्शन गरिन..

» पूर्ण पाठ पढ्नुहोस्