Sahitya/Sanskriti
छानेर हेर्नुहोस्
१३३२ वटा नतिजा मध्ये १ देखि १० सम्मको नतिजा देखाउँदै
क्षणपर्ल रेग्मी - ०९ सेप्टेम्बर २०१० ०९:५४ बजे | ० वटा प्रतिक्रिया
उनमा दिब्य रुप थियोअधरमा बाल सूर्य पोतेरआँखामा मदिरा बोकेरउनका प्रेमले पखेटा हाल्दाटुकु टुकु हिड्न थालेकोघाम जस्तैसबै कुरा बढ्दै जान्छनछिटो छिटो बढ्दै जान्छनसल्किने क्रम बढ्दै जान्छनपग्लिने क्रम बढ्दै जान्छनपोखिने क्रम बढ्दै जान्छनभिजिने क्रम बढ्दै जान्छन, बुझाउन बर्षेका प्रेमहरुझन् झन् सल्किदै जान्छनरित्याउन पोखेका तृष्णाहरुझन् झन् भरिदै जान्छनआँखा झिमिक्क गर्न नपाउंदैताराहरु झर्र्याथेमैले पानी पिउँदाउनको रुप मच्छे थियो;त्यो क्षणलाइ बाँध्न सकिन मैलेतिमीले कोशिस गरे..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
तीजलाई सुसंस्कृतरुपमा मनाऔं
गीता रेग्मी - ०८ सेप्टेम्बर २०१० ११:०६ बजे | ० वटा प्रतिक्रिया
तीजमा चेलीबेटी (छोरीहरु) आफ्नो सबै कुरा बिर्सेर सुखदुःख पीर-पिराउ भुलेर माइतीको निम्तो मान्न माइत आउंछन् । यसमा चेली आफैं पनि आउंछन् तर टाडा टाडा घर हुने सोझै आउन नसक्ने माइतीले घरमा विदा मागेर ल्याउनुपर्ने चेलीलाई माइतीका दाजु-भाइ वा अरु कोही गएर चेलीलाई ल्याउने चलन छ ।
वर्षभरी भेटघाट हुन नसके तापनि यो भेटघाट सुखदुःख हांसो खुशी पाउने एउटा सु-अवसर हो । यसमा आउनै नसक्ने पारिवारिक समस्या घरबाट विदा पाउन नसक्ने चेली तीजमा माइती संझेर रोएर पनि विताउंछन् । आजभोलि पनि यो अवस्था छंदैछ ।
तीजको बेलामा प्राय सबैले रातो साडी ग..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
बाबुको मुख हेर्ने दिन !
अमृता लम्साल - ०७ सेप्टेम्बर २०१० १९:२५ बजे | ० वटा प्रतिक्रिया
आज मेरो जीवनमा पहीलो पटक, बीना वाबुको "बाबुको मुख हेर्ने दिन"!मलाई थाहा छैन कसले यो दिन तोक्यो ! तर मलाई उँहाको मुख हेर्न कुनै दीन चाँहिदैन;न त कुनै घडी या पला चाहिन्छ !किनकी, मेरो शरीरमा भरीएका रगतका कणहरु,अनी मेरा मस्तिष्कमा धर जमाएका अधिकांश सोचहरु उहाँकै देन हुन् !हरेक दिनको बिहानीसँगै कहिले पलक झुकाएर कहिले पलक खोलेर;कहीले पूरै आँखा चिम्लिएर उँहाको त्यो उज्यालो मुहारलाई मनैमन आत्मसात गरेकी छु ।मेरो मुटुको हरेक धड्कनमा मैले उँहालाई समेटेकी छु;मैले म भित्र रहेको उँहाको सम्पूर्ण अस्तित्व महशुश गरेकी छु ।त्..
» पूर्ण पाठ पढ्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
बेग्लै रौनकतामा गाउँघरको तीज
यमुना अर्याल - ०७ सेप्टेम्बर २०१० ०९:५७ बजे | ० वटा प्रतिक्रिया
मेरो गाउँमा तीज आउनु भन्दा एक महिना अघिदेखि एक दिन बिराएर गाउँलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ । पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तिजमय बनिरहेका छन । महिलाको मात्रै पर्व भनिए पनि गाउँघरका बुवा, दाइ-भाइ, काका, हजुरबुवा समेत जम्मा भएर आमा दिदी बहिनीहरुलाई हौसाउने गर्छन । दिनभरी मेलापात गएर थकित आमा दिदी बहिनीहरु राती नौ दश बजेसम्म एकै ठाउँमा जम्मा भएर बेदना पोख्ने प्रचलन छ । एक आपसमा भेला भएर रमाइलो गर्दा मन हलुका हुने भएकोले न्रि्रा त्यागेर पनि रमाइलो जुट्छन गाउँ..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
शैलेश: अतीतको गहिराइमा
मंजु निरोला - ०५ सेप्टेम्बर २०१० २१:२२ बजे | ० वटा प्रतिक्रिया
”अलविदा” शैलेश भाइ भन्नुपर्दा मुटुमा गाँठो पर्छ । शैलेश भण्डारीको सम्झनामा भन्दै अतीतका पाना बनेका शैलेशका बारेमा केही शब्द कोर्नु पर्दा भक्कानो छुट्छ । नियतिको पनि के बखान गर्नु! आइतबार सम्पन्न उनको अन्त्येष्टिमा भेला भएका नेपालीहरुको ठूलो जमातले उनीप्रति अन्तिम श्रद्धान्जली अर्पण गरे । सबैका आँखा रसाएका थिए, तीन चार सय नेपालीहरुले शैलेशको सरलता र सौम्यताको वर्णन गरिरहेका थिए । कसैको मरणपछि उसको प्रशंसा गर्ने मानवीय आदत भए तापनि त्यहाँ आएकाले उनको बिशेषता, गुण आदिको बारेमा चर्चा गरिरहेको पाएँ । कसैको आँखामा नबिझाउने ..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
आकाश खस्न सक्छ
सुशील न्यौपाने - ०४ सेप्टेम्बर २०१० १८:०६ बजे | ० वटा प्रतिक्रिया
एकहुल मान्छेहरु,गाडीका लावालस्कर सहित वाटो छेउछाउका विरुवा हल्लाउँदै छेउछाउका घरहरुको चूल्हों सम्म गाडीले उडाएको धुलो पुग्ने गरी गोकर्णतिर वत्तिदै थिए । वाटोको अली तल पधेरालाई नछुने गरी ठिंग उभिएको झुप्री घरका तल्ला घरे साइँलाले सोचे, ठूला वडाहरुकहाँबाट खानेपानी काठमाडौंसम्म आउँछ,ठाऊ खोज्न हिडेका होलान । केही पछि,यही लावालस्करगोदावरी तिर वत्तिएको तोरी उखेल्दै गरेका गाउलेहरुले देखे ,देशका मुखियाहरु वाटो बनाउने सुरमा त्यता तिर लागेका होलान यही निष्कर्षमा पुगे । रेडियो..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
गजल - नमरि स्वर्ग देखिन्न
भीम के सी कमल - ०४ सेप्टेम्बर २०१० ०९:५८ बजे | ० वटा प्रतिक्रिया
नमरि स्वर्ग देखिन्न, भन्दैमा मर्न सकिनटिपेर सिउरिने पाइन, भनी म झर्न सकिन । सुन्दर बाग पिरतिको, छन् प्रेम-पुष्प फुलेकासुकेर जान्छन कि सबै, म सेंचन गर्न सकिन । दुइ किनार भै फाटियो, संयोग कि दैबको खेलमन्दै छ बहाब तर, म जंघार तर्न सकिन । छेउमा गइ चियाउदा, इशारा पाइन कुनैसंकामै जुग जाने भो, म भर पर्न सकिन । धाएमा हुने हो खेती, रोपेमा लाग्ने हो फलभीमको बोट मासिन्छ क्यारे, म सत्बीज छर्न सकिन । ..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
सिन्धुकी सिन्धुकला
किशमा किशोर - ०४ सेप्टेम्बर २०१० ०९:५० बजे | ० वटा प्रतिक्रिया
भर्खर प्रकृतिले रुप फेरेकी छेहरिया डाडाहरुपूर्णरुपले खुइलिएका छन्बशन्त मारेर शिशिर रमाएको छसिगै सिन्धु बस्ती सुनसान देखिन्छकारणआजसिन्धुकी सिन्धुकला परास्त भईसमय सँग ।
मनै भरि परिवर्तनको चाहनाआँखा भरि विजयको रहर बोकेरयहि सिन्धु बस्तीमाकयौ वशन्त विताइ उसलेन गि्रस्मको लप्को भन्थीन शिशिरको ठण्डीनिरन्तर एकै नाशलेअत्यास लाग्दो वर्तमान सँगकहाली लाग्दो समय सँगलड्थीजुध्थी र जित्थी सँधैऔशीको एउटा कालो जून ।
एकपट्टि बाँध्दाअर्काेपट्टि खुस्किनेउसको जिन्दगीकोहिसाब कहिल्यै मिल्दैन थ..
» पूर्ण पाठ पढ्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
दुइ मुक्तक
शैलेश भण्डारी (पीएचडी) - ०४ सेप्टेम्बर २०१० ०९:२६ बजे | ० वटा प्रतिक्रिया
निष्ठूरीको प्रशंसा
तिमीलाई आकर्षित गर्न ति म्रो रुपको प्रशंसा गर्न थालेको थिएँमन बोल्दा बोल्दै भकभकिएछुकुरो त बनाइ बनाइ नै भन्नु थियोतेसैले बिच बिचमा अकमकिएछु ।।।
उपहार
तिमीलाई उपहार दिन्छु भनेरमैले मेरो ढुकढुकी साँचेको थिएँतर ति म्रो माया अन्तै पोखिएछमेरो मुटुको ढुकढुकी नै रोकिएछ ।।।
(स्वर्गीय शैलेश भण्डारी (पीएचडी)को संझनामा सन् २००५ सेप्टेम्बर ११ मा नेपाली पोष्ट डटममा प्रकाशित मुक्तक )..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्
गजलः कहाँ बस्ने होला ?
होमनाथ सुवेदी - ०२ सेप्टेम्बर २०१० १०:४९ बजे | ० वटा प्रतिक्रिया
अघि लाग्थ्यो अमेरिका पाए कस्तो घिउ होला ! बसे पछि बर्सौं किन यो थाकेको जीउ होला !
भेद छैन यहाँ पनि दुःखसुख नेपालको लुट्छुभन्दा खाइस् खुदो के रोपेको बिउ होला !
महान् ठूलो अझै यहाँ महान् ठूलो हुन्छ भन्छन् त्यो पाएर कसूर भो, मन केले सिउँ होला ?
सार्वभौम व्याधि हाम्रो चिन्ता नै हो चिन्ता गर माती, छोडे अमेरिका, जिन्दगी नै हिउँ होला ।
यहाँ न्यायभन्दा उल्टो दोषै मात्र लगाउँछन् पराइको छायाभित्र कति पीडा पिउँ होला !
बूढो पनि भैयो क्यारे, यो अमेरिकाले खायो किन मार्ने आत्मालाई उहीँ बस्न दिउँ होला ।..
» पूर्ण पाठ पढ्नुहोस्
छायाँहरू हेर्नुहोस्
» पूर्ण पाठ पढ्नुहोस्











