पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३१

Khelkud

छानेर हेर्नुहोस्
   नतिजा संख्या   
४३२ वटा नतिजा मध्ये १ देखि १० सम्मको नतिजा देखाउँदै
तेक्वान्दो खेलाडी अभिनन्दित
२९ अगष्ट २०१० ११:२० बजे | ० वटा प्रतिक्रिया

तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक बिष्टलाई आज नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च नेपालगन्ज शाखाको अगुवाइमा बिष्टलाई नगरपरिक्रमासहित नागरिक अभिनन्दन गरिएको हो । नेपालगन्जको राँझा विमानस्थलदेखि बिष्टलाई पञ्चैबाजासहित गाडीमा राखेर नगरपरिक्रमा गराइएको हो । नगरपरिक्रमाका समयमा बिष्टलाई ठाउँठाउँमा जम्मा भएका सामाजिक सङ्घसङ्स्था, आमा समूह, विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, बैंकलगायतले अभिनन्दन गरेका थिए । नगरपरिक्रमापछि नेपालगन्ज रङ्गशालामा आयोजित विशेष कार्यक..

» पूर्ण पाठ पढ्नुहोस्


राष्ट्रिय फुटबल लिग प्रतियोगिता वैशाखदेखि
१६ अगष्ट २०१० १२:२७ बजे | ० वटा प्रतिक्रिया

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल लिग प्रतियोगिता आउँदो वर्षो वैशाख २ गतेदेखि सञ्चालन गर्ने भएको छ ।  सातदोबाटोस्थित एन्फा कार्यालयमा आज आयोजित २०६७/६८ को वाषिर्क फुटबल प्रतियोगिता क्यालेन्डर र्सार्वजनिक कार्यक्रममा एन्फाले सो जानकारी गराएको हो ।  एन्फा अध्यक्ष गणेश थापाले विश्व फुटबल महासङ्घ (फिफा) ले एन्फाको भौतिक पूर्वाधारका लागि आर्थिक सहयोग गर्ने भएकाले एन्फाका सम्पूर्ण भौतिक पूर्वाधारको मर्मत, सम्भार कार्य अगाडि बढाइने जानकारी गराउनुभयो ।  राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगबाट..

» पूर्ण पाठ पढ्नुहोस्


विश्व क्रिकेट लिग डिभिजन चारमा प्रतिस्पर्धा
१३ अगष्ट २०१० १२:४५ बजे | ० वटा प्रतिक्रिया

नेपालले अमेरिकासँग इटालीमा शनिबारदेखि सुरु हुने विश्व क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेट लिग डिभिजन चारको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ ।  नेपालका लागि पारस खड्काको कप्तानीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, महेश क्षेत्री, अनिलकुमार मण्डल, अमृत भट्टर्राई, वसन्त रेग्मी, विनोद दास, सञ्जम रेग्मी, राहुलकुमार विश्वकर्मा, मेहबुब आलम, मञ्जित श्रेष्ठ र प्रदीप ऐरी सो प्रतियोगितामा सहभागी हुनुहुन्छ ।  नेपालले काठमाडौँमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन पाँचको विजेता बन्दै सो प्रतियोगितामा सहभ..

» पूर्ण पाठ पढ्नुहोस्




एसियाली व्याडमिन्टनमा सहभागिता
०४ अगष्ट २०१० १०:५५ बजे | ० वटा प्रतिक्रिया

नेपालले भारतको बैङ्गलोरमा यही साउन २७ देखि सुरु हुने १८ वर्षुनिको क्वालिफाइङ राउन्ड मिडजोन एसिया व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हरिबाबु चौधरीले नेपालका लागि सहभागिता जनाउने १८ खेलाडी टोलीलाई आज यहाँ बिदाइ गर्नुभयो ।  प्रतियोगितामा सहभागी खेलाडीमा रोहित लामा, सुजन पुन, सुशील गुरुङ, रवि गिरी, विक्रम डङ्गोल, केतन खड्का, विकास गुरुङ, असीम श्रेष्ठ, अनिश शाही, विशाल तामाङ, पुङ्गा सेर्पा र रवि वासफोर छन् ।  भाग लिने ब्याडमिन्टन अफिसियलतर्फविपेन्द्र महर्जन, ..

» पूर्ण पाठ पढ्नुहोस्


नर्वे जाने खेलाडीलाई बिदाइ
२७ जुलाई २०१० ११:४७ बजे | ० वटा प्रतिक्रिया

युरोपेली मुलुक नर्वेमा हुने नर्वे कप फुटबल फेस्टिबलमा दोलखा र रामेछाबाट सहभागी हुने १४ वर्षुनिका किशोर खेलाडीहरुलाई आज एक कार्यक्रमबीच बिदाइ गरिएको छ । दोलखाको किर्नेटार स्थित किर्ने ब्याइज स्पोर्टस क्लबमा सहभागी ११ खेलाडी, तीन प्रशिक्षक र एक  संयोजकसहितको टोलीलार्इर्र्दोलखा जिल्ला फुटबल सङ्घले सदरमुकाम चरिकोटमा एक कार्यक्रमबीच बिदाइ गरेको हो । यी किशोर खेलाडी नेपालको प्रतिनिधित्व गर्दै १४ वर्षुनि उमेर समूहको सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी हुने छन् । आगामी अगस्ट १ देखि ७ तारेखसम्म हुने महोत्सवमा ए..

» पूर्ण पाठ पढ्नुहोस्


तेक्वान्दो खेलाडी दोस्रो चरणमा
२० जुलाई २०१० १२:१६ बजे | ० वटा प्रतिक्रिया

सोह्रौं एसियाली खेलकुद प्रतियोगिताका निम्ति २४ जना तेक्वान्दो खेलाडी दोस्रो चरणको छनौटमा प्रवेश गरेका छन् ।    चीनको ग्वान्झाउ सहरमा आगामी नोभेम्बरमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरुष गरी कूल १२ जना खेलाडीले सहभागिता जनाउने छन् ।    एघारौं दक्षिण एसियाली खेलकुद (साग) का सबै पदक विजेता खेलाडीले स्वतः दोस्रो चरणका प्रवेश पाएका छन् । दोस्रो चरणको छनोट प्रतिस्पर्धा यही महिनाको अन्तिम साताबाट सुरु गरिने बताइएको छ । ..

» पूर्ण पाठ पढ्नुहोस्




राष्ट्रिय बास्केटबल प्रतियोगिता हुने
२० जुलाई २०१० १२:०६ बजे | ० वटा प्रतिक्रिया

राजधानीमा बुधबारदेखि मोर्गन कप राष्ट्रिय बास्केटबल प्रतियोगिता हुनेभएको छ ।नेपाल बास्केटबल सङ्घको आयोजना तथा वसुन्धरास्थित मोर्गन इन्टरनेसनल कलेजको सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ ।राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरुआती प्रतिस्पर्धा नयाँ बानेश्वरस्थित हृवाइटहाउस कलेज र तीनकुनेस्थित विश्व निकेतनबीच र त्यसपछि नासा कलेज र प्रिमियर कलेजबीच प्रतिस्पर्धा हुनेछ ।आठौँ महिला तथा नवौ संस्करणअन्तर्गतको पुरुष राष्ट्रियस्तरको प्रतियोगितामा महिलामा छ तथा पुरुषतर्फ १४ वटा समूहले सहभागिता जनाएका छन् ।..

» पूर्ण पाठ पढ्नुहोस्


दृष्टिविहीन खेलाडीलाई राष्ट्रिय खेलाडीको मान्यता
१९ जुलाई २०१० १७:४३ बजे | ० वटा प्रतिक्रिया

नेपाल नेत्रहीन क्रिकेट सङ्घले नेपालका १२ जना दृष्टिविहीन क्रिकेट खेलाडीलाई आज राष्ट्रिय खेलाडीको मान्यता दिइएको जनाएको छ ।        सङ्घका अध्यक्ष पवन घिमिरेले दृष्टिविहीन क्रिकेट खेलाडीले उक्त मान्यता क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेबापत राष्ट्रिय खेलकुद परिषद्को पहलमा भएको बताउनुभयो ।    राष्ट्रिय खेलाडी हुन सफल कृतन श्रेष्ठ दुवाल, बिक्रमबहादुर राना, अमृत बराल, सुरेशकुमार खड्का, कैशलकुमार रायमाझी, सूर्यप्रसाद भट्टर्राई, रत्नबहादुर र्राई, जयसागर गिरी, समिम चौधरी, सन्तोष साप..

» पूर्ण पाठ पढ्नुहोस्


मनोरञ्जनात्मक खेल क्यानोनिङको तयारी
१८ जुलाई २०१० १३:२१ बजे | ० वटा प्रतिक्रिया

 तनहुँको बन्दीपुर-६ विमलनगर गाविसको धारादीमा छाँगामा भिज्दै तल झर्ने क्यानोनिङ खेलको तयारी भइरहेको छ ।  धारादीमा रहेको छाँगाबाट ५० मिटर तल झरेर उक्त खेल खेल्ने गरिन्छ उद्योग वाणिज्य सङ्घ तनहुँका पर्यटन संयोजक लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  पर्यटन वर्ष२०११ को अवसर पारेर उक्त खेल सुरु गर्न लागिएको बताइएको छ ।  उक्त खेल खेल्नका लागि डोरी, नटवल्ट, हेलमेट, हाडनेस,क्याराभेनालगायतका सामग्री आवश्यक पर्दछ ।  गण्डकी अञ्चलमै पहिलोपटक यस्तो खेल खेल्न लागिएको हो ।  पानीको छाँगासँगसँगै भीरमा टेक्दै तल..

» पूर्ण पाठ पढ्नुहोस्




आन्दोलनका कारण खेल प्रभावित
१८ जुलाई २०१० १३:१० बजे | ० वटा प्रतिक्रिया

मुस्ताङ  जिल्ला अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड भलिबल प्रतियोगिता विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण प्रभावित भएको छ । अन्तर माविस्तरीय राष्ट्रपति रनिङ सिल्ड भलिबल प्रतियोगिता र अन्य खेलकुद पटकपटक सञ्चालनका लागि पत्राचार गरे पनि विद्यालयहरूबाट असहयोग भएको मुस्ताङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामप्रसाद थकालीले बताउनुभयो । गत असार २५ र २६ गते राष्ट्रपति रनिङ सिल्ड भलिबल प्रतियोगिताका लागि तयारी पूरा गरिएको भए पनि शिक्षकहरूको आन्दोलनका कारण स्थगन गर्नु परेको उहाँले उल्लेख गर्..

» पूर्ण पाठ पढ्नुहोस्