आगामी नीति

पुराना शब्दहरू
नयाँ दौरा–सुरूवालमा सजिएर
संसद भवनभित्र सुस्केरा हाल्छन्।

मुलढोका बाहिर
प्रतीक्षारत छ
वाल्ल परेर
बसेको दुनिया !

कट, कपी, पेस्ट
माहिर लेखनदासहरू
तयार पार्छन्
‘जेन-जि’ हाँक्ने नीति।

आज बोलाइएको छ
हात र स्वर एकैपटक
थर्थरी
काँपिरहेको एन्टिक।

तल, मोबाइलमा
टिकटक हेरेर बसिरहेको छ
श्रोतागण,
जो अलमलिएको छ
ताली बजाउने समय
आइसक्यो या गइसक्यो ?

(शिक्षाविद् बिष्टको शैक्षिक पाठ्यक्रम र सिकाइसम्बन्धी अंग्रेजी तथा नेपालीमा प्रकाशित कृतिहरुबाहेक ‘साला पहाडमें क्या है’ कविता संग्रह चर्चामा छ । )

Add a Comment

Your email address will not be published. Required fields are marked *