तीन मुक्तक

१.
निकटता यस्तो चिज हो, जाने प्रेम हुन्छ, नजाने आपसमा लडाउँछ,
ज्ञान र विवेक साथ भए पो उत्तम, नत्र मान्छेमा अहंकार बढाउँछ,
सबै कुराको राम्रो सदुपयोग भए मात्र फाइदा लिन सकिने रहेछ,
आगो सही ठाउँमा परे दियो बल्छ, त्यही भड्किएमा घर डढाउँछ !

२.
सँगै जिउने कसम खाँदै सात फेरा लिएर के गर्नु ?
तिमीबिना एक्लै बसी मैले अमृत पिएर के गर्नु ?
बाँचुन्जेल दिनरात कुरेर बसिरहें तिमीलाई पर्खेर,
म मरेपछि मलाई सम्झी ताजमहल दिएर के गर्नु ?

३.
घरमा पूजा महिला गर्छिन्, मन्दिरमा पुजारी भएको जानिँदैन,
मीठो खाना महिला पकाउँछन्, होटलमा योग्य सेफ ठानिँदैन,
परिवार चल्छ बिहानदेखि बेलुकासम्म महिलाकै निर्देशनमा,
तर कुनै कचहरीमा महिलाको विचार सुन्नसम्म उचित मानिँदैन !

Add a Comment

Your email address will not be published. Required fields are marked *