गजल
|धेरैजसो मानिसहरू रिसाकै देखिन्छ
खानेकुरोमा रसायन मिसाकै देखिन्छ
कता धाउनु कसलाई भन्नु देशको बेरोजगारी
विदेश जान समस्या भिसाकै देखिन्छ
श्रीमती एकातिर छिन् श्रीमान अर्कोतिर
केटाकेटीले चैँ आँखा चिसाकै देखिन्छ
गुणस्तर गए अब जताततै फोहर
बन्द-बेपार प्लाष्टिक र सिसाकै देखिन्छ
विदेश गइ अलिकति सुख खोज्दा खोज्दै
काठको बक्सामा ज्यान बिसाकै देखिन्छ
(८ र ६ अक्षरमा विश्राम)