नयाँ बर्षलाई…

पुरानो वर्षलाई थन्क्याउन खोज्दा
थन्किन बाँकि कामहरु
मनको कुनामा बसेर जोडघटाउ गर्न थाले
नयाँ कामहरु छातीमा
नयाँ वर्षको विल्ला टाँस्ने होडबाजी गर्न थाले
तर
मेरा मात्र हातहरु हल्लिरहे, मन हल्लिन सकेन
तितोमिठो वर्तमान आँखाबाट छलिन सकेन
न मैले पुरानो वर्षलाई पुरै माया मार्न सकें
न मैले नयाँ वर्षलाई नै पुरै अंगाल्न सकें
तैपनि संघार टेकेको उदाउँदो नयाँ वर्षलाई
मनको ढोका पुरै खोलिदिएँ
आफ्नो साह्रा शक्ति बटुलेर एकैचोटी बोलिदिएँ –

नयाँ बर्ष सन् २०१९ को शुभकामना ।

Add a Comment

Your email address will not be published. Required fields are marked *