साहसी युवती : रहाफ मोहम्मद

एउटी १८ वर्षीय साउदी अरेवियन युवती बैंकक एयरपोर्टको एउटा होटलको कोठाबाट सहयोग मागी रहेकी – उनको नाम चाँही रहाफ मोहम्मद भन्ने समाचार देखे पछि उनको ट्विट अकाउन्टमा हेरे ।

कुवेत एयरवेजको उडानबाट अस्ट्रेलिया जादै गरेकी रहाफको पासपोर्ट कुवेत एयरवेजका एक कर्मचारीको सहयोगमा अरेवियन अधिकारीले खोसे छन् । त्यसपछि उनले बैङ्कक्को एयरपोर्टको एउटा कोठामा आफुलाई थुनेर राखेकी रहिछन । उनि लेख्छिन उनको कोठाको बाहिर ४ जना व्यक्ति छन्, उनि UNHCR का प्रतिनिधिसंग मात्र कुरा गर्न चाहन्छिन र उनीहरु बाहेक अरुलाई उनि ढोका खोल्दिनन । उनलाई साउदी अरव फिर्ता लैजाने ठूलो प्रयास भै रहेको छ । कुवेत एयरवेजको ११:१५ को ‘फ्ल्याइट’ मा बल जफ्ती लैजाने प्रयास देखिन्छ । उनि आफूलाई फिर्ता लैजानबाट रोक्न्न संसारसंग सहयोग मागी रहेकी छन् । यसवेला सम्म उनको ट्विट अकाउन्टमा १४ हजार जति फलोवर पुगेका रहेछन । उनलाई सहयोग सल्लाहका लेखाइले गति लिई सकेको छ ।

यो एक प्रकारको अनलाइ जुलुस थियो र संसारबाट सहभागी सामेल हुदै थिए । हेर्दा हेर्दै उनका फलोवर २७ हजार नाघे, फलोवर नभई ऐक्यबद्दता जनाउनेहरु यसमा गनिएकै थिएन । यसको मतलव त्यो भन्दा निक्कै ठूलो संख्यामा मानिस उनको चासोमा थिए । अरवी, थाई,कुवेती र अस्ट्रेलियन सरकारी निकाय पक्कै पनि यस कुरालाई नियाली रहेका थिए ।

उनलाई ट्विटमा कसैलॆ डटेर मुकाविला गर्न भनि रहेका थिए भने कसैले होटलको कोठाको ढोकाको ‘हेन्डल’ खुल्न नदिन कसरी कुर्सिले ‘हेन्डल’ अड्काउने भन्ने ब्यबहारिक सल्लाह दिई रहेका थिए l सहयोगका लागि थाईल्याण्डमा भएका विभिन्न देशका दुतावासको सम्पर्क ‘सेयर’ भै रहेको थियो l कसैले कुवेती एयरवेजका उडान समुहका सदस्यहरुसंग रहाफलाई आफ्नो उडानमा लैजान अस्विकार गर भनेर अनुरोध गरिरहेका थिए । विभिन्न देशका दुतावासमा फोनको रिङ्ग गएको तर फोन नउठेको तर सम्पर्क गर्न निरन्तर खोज्ने संवाद चलि रहेको थियो । मात्र १८ वर्षकी एक अरवियन युवती कम्तिमा २ – ३ सरकारी संयन्त्रसंग मुकाविला गरि रहेकी थिइन् र उनको सहारा भनेको उनको ट्विट थियो ल धेरै मान्छेहरु आफ्ना छोरीहरु उनि जस्तै साहसी हुन् भन्ने चाहन्थे – उनको साहसको प्रसंसा गरिरहेका थिए । तर यो घटनाको अन्त्य कसरी हुन्छ, उनको जीवन के हुन्छ भन्ने उनलाई मात्र होइन अरु कसैलाई पनि थाहा थिएन । उनि आफ्नो धर्म छोडेको कारण जीवनको जोखिममा रहेको र आफ्नो जीवन रक्षाका लागि शरण पाऊ भनि रहेकी थिइन् l विश्वबाट उनलाई समर्थन प्राप्त हुने क्रम बढ्दो थियो – तर के हुन्छ भन्ने अन्यौलता चाँही त्यो भन्दा बढी नै ।

                        (सुशील न्यौपाने )

सन् २०१७ मा फिलिपिन्सबाट टेपले बाँधेर फर्काइएकी डिना नामकी अर्की युवती अहिले सम्म मरे बाँचेको अत्तो पत्तो नभएको विषय पनि यहाँ चर्चामा थियो । त्यसैसंग जोड्दै लेखिएका ट्विटहरुले प्रष्ट देखाऊथ्यो उनको जीवनप्रति लाखौको प्रयास जारी थियो । ट्विट र यसमा भएका ‘कमेन्ट’ यत्ति थिए/छन् उल्लेख गरेर भ्याउने नै छैनन् । यसै वेला तिर टेवल,कुर्सि,मेट्रेस लगायतका सामानले ढोकामा ‘ब्लक’ गरेको र उनि चाही हातमा फोन हेर्दै गरेको फोटो सहितको ट्विट आयो । यो ट्विटको फोटोले शंका निम्त्यायो – होटलको कोठा भित्र उनिसंग अरु को छ ? कोठामा उनि एक्लै भए उनकै ‘लङ्ग सट’ फोटो कसरी ? यो सत्य घटना हो ? या होइन ? चर्चा चल्न थाल्यो । उनले भनिन शंका नगर्नुस म सहि हो । फेरी सहयोग समर्थनमा मानिस लामबद्द भए । उनको अफ्ट्यारो परिस्थितिमा उनले आफ्नी अस्ट्रेलियामा बस्ने साथीले उनको ट्विट चलाउने जानकारीको ट्विट लेखिन । त्यसबाट उनि आपतकालीन योजनामा सिपालु देखिईन । एयरपोर्टको ट्रान्जिटमा भएकाहरुलाइ रहाफलाई कुवेत एयरवेजको उडानमा जवर्जस्ती लैजान खोजे उनलाई लानबाट रोक्न अनुरोधको ट्विट पनि चलि रहेको थियो । कुवेत एयरवेजका प्रतिनिथी ढोकामा आएको लेखाई देख्नासाथ ट्विट प्रतिक्रियामा तिब्रता आयो । उनलाई हौसला दिने अनगिन्ति लेखाइले तरंग नै पैदा गर्यो । कुवेत एयरवेजको उडान समय भयो तर विमान उडिरहेको थिएन, कौतुहलता थियो । जे होस् करिव ३० मिनेट ढिलो विमान उड्यो । शंकाको ट्विट थियो -त्यो विमानमा रहाफ छन्/छैनन् थाहा छैन तर विमान उड्यो । सिनेमाको कथा भन्दा सनसनी पूर्ण रुपमा उनको जीवन संसारका मानिसहरुका नजरमा दौडी रहेको थियो – के भयो होला भन्ने प्रश्नको उत्तर सबै जना खोजि रहेका थिए l रहाफ होटलको कोठामै भएको कुरा उनकी साथीले तत्कालै लेखिन ।
उनि लगातार आफूलाई शरण दिन थाइल्याण्डलाई अनुरोध गरिरहेकी थिइन्, विश्वमा रहेका साना-ठूला राष्ट्रका मानिसहरु उनलाई सहयोग गर्न आआफ्ना दुतावासलाई अनुरोध गरिरहेको लेखी रहेका थिए । कुटनैतिक क्षेत्र पूर्ण दवावमा थियो भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । यसबेला बल्ल जर्मन राजदूतले यो समस्या हाल भएको र पुग्ने देशले सुल्झाउनु पर्ने बताए । उनको संकेत बुझिथ्यो थाईल्याण्ड र अस्ट्रेलियाले गर्नु पर्छ l अहिले सम्म टसमस नगरी बसेको कुटनैतिक क्षेत्र अब चल्न बाध्य भयो । अस्ट्रेलियाका सिनेटरले रहाफलाई ‘ट्राभल डकुमेन्ट’ दिन आफ्नो सरकारलाई अनुरोध गरे । संयुक्त राष्ट्रसंघको टोलि पुग्यो र उनलाई आफ्नो ‘कस्टडी’ मा लियो ।

उनलाई एयरपोर्टबाट राष्ट्रसंघको UNHCR को संरक्षणमा बैककको कुनै सुरक्षित ठाउमा लगियो । उनले आफूसंगै होटलको कोठामा बसेर (थुनिएर) सुरक्षामा सहयोग गरेकोमा @Sophiemcneill लाई धन्यबाद लेखिन । यसबेला बुझियो उनको फोटो उनै सोफी मक्नेइलले खिचेर ट्वीट गरेकी रहिछन । रहाफका १६० हजार भन्दा बढी फलोअर समुहको साथमा पछाडीबाट यि सारथीले संसार यसरी चलायमान बनाइछन । यि सोफी मक्नेइल चाँही ABC कि पत्रकार रहिछन ।

जेहोस् UNHCR का अधिकारीहरुले उनीसंग सोधपुछ गरे । क्यानाडाले उनलाई स्वीकार गर्यो र जनवरी १२ मा रहाफ क्यानाडा पुगिन । जनवरी ५ देखि जनवरी १२ का विचमा भएको यो घटनामा जनवरी ६ मुख्य दिनका रुपमा थियो । यो घटनाले सहज अवतरण गर्नुका पछाडी १ दिनमा विश्व कुटनैतिक क्षेत्रलाइ दवावमा राख्ने संसारको अविनाश्कारी एक्यबद्दता थियो l एउटी साहसी युवतीको यो घटनाबाट माइतीघर मण्डला फोहर गर्नेले बुझुन, दवावलाई सडकमा नारा-जुलुस चाहिंदैन – समय बदलिएको छ ।

Twitt: @producersushil

Add a Comment

Your email address will not be published. Required fields are marked *