नर्थ क्यारोलाइनामा सरस्वती पूजा
|नर्थ क्यारोलाइना नेपाली पाठशालाले सधैँ झैँ यसपाली पनि फेब्रुअरी १० तारिख विद्याकी देवी सरस्वती माताको पूजा आराधनाको कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा पाठशालाको शिक्षिका तथा संयोजक सुजाता ढुँगेलले अमेरिकी ब्यस्त जीवनमा मातृ भाषाको महत्वको बारेमा आफ्नो अनुभव सुनाउनु भएको थियो ।
नेपाली पाठशालाले गरेको अनुकरणीय कामको बारेमा एन्सीका पूर्व र अध्यक्ष इश्वर देवकोटा र वर्तमान अध्यक्ष डा. वटु शर्माले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।
पाठशालाले भाषा र संस्कृति रहेसम्ममात्र देश रहने कुरालाई मूल मन्त्र बनाएर सन् २०१० मा १५-२० जना नेपाली लेख्न पढ्न र बोल्नसम्म पनि नसक्ने बालबालिकाहरूको हात समाएर नेपालीमा पेन्सिल घुमाउन थालेको ९ पुगेर १० वर्ष पुगेको यस अभियानका एकजना अभियन्ता नम्रता गुरागाईं बताउनुहुन्छ । स्वयंसेवी अभियन्ताहरूको निरन्तर प्रयासले आज ती बालबालिकाहरू नेपालीमा लेखपढ गर्न सक्ने मात्र नभएर आफ्नो खुबीसमेत नेपाली भाषामा प्रस्तुत गर्न सक्ने भएका छन ।
पाठशालामा विद्यार्थिहरू अहिले ७७ जना पुगेका छन् । यसै पाठशालामा नेपाली भाषा सिकेर स्वयंसेवक शिक्षक तयार भएका छन् ।
सरस्वती पूजाको अबसरमा पाठशालामा अध्ययनरत साना ठूला सबै विधार्थीहरूले आफ्नै खुशीमा तयार गरेका गीत, कविता , सरस्वती बन्दना, मादल बजाउने र चित्र बनाउन सक्ने कला प्रस्तुत गरेका थिए । आफ्नो कला प्रस्तुत गर्नेहरुमा बिभुषा गौतम, समी घिमिरे, सेजल घिमिरे, स्तुती आचार्य, केविन खनाल, परिधि ढकाल, गुन्जना न्यौपाने, सौर्यभी ढकाल, कृति पोखरेल, बिभु पोखरेल, निर्बिरोध तिमल्सिना सुप्रिम तिमल्सिना, शुभम ढुंगेल, रबी नेपाल, बबी नेपाल, स्कन्ध आचार्य, सलिल ढकाल, र श्रेया ढकाल थिए ।
करिब १५० जना विद्यार्थि, शिक्षक र अबिभाबकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा प्रसाद वितरण गरिएको थियो । कार्यक्रमको अन्तिम चरणमा हिन्दु मन्दिर नर्थ क्यारोलाइनाकी गुरुआमा सरोज शर्माले आमाबाबु र गुरुलेले देखाएको मार्गदर्शनमा हिडेमा नै जिवनमा सफलता मिल्छ भन्नु भयो। यस्तै अभिभावक प्रकाश खत्रीले सबै विधार्थीहरूलाई एउटा एउटा उपहार प्रदान गर्नुभएको थिया । जानुका पौडेलले आफ्नी ममतामयी आमाको तेह्रौं दिनको तिथिमा ५१ डलर नेपाली पाठशालालाई प्रदान गर्नुभएको थियो ।
पाठशालमामा विक्रम गौतम, रश्मी घिमिरे, प्रतिमा आचार्य, स्मृति पोख्रेल, सुजाता ढुंगेल, आयुश्मा शर्मा, आरती तिमल्सिना र प्रियंसु नेपाललगायतले स्वयमसेवी शिक्षकका रूपमा सहयोग गर्दै आउनु भएको छ ।