समय प्रेम

हो,
जसरी हेरियोस् मलाई
र,
जे जसरी सम्झियोस्
म त तिमी सामु बगिरहन्छु
अविरल अविचल
तिम्रा सङ्गीतका मुर्च्छनाहरूमा
तिम्रा सनाई र मुर्चुङ्गाका तालहरूमा
म बजिरहन्छु ।

तिमीले बनाएको राग न हुँ म
तिम्रो जीवनसङ्ग बजिरहन्छु
तिमीले बनाएको आलाप न हुँ म
जो तिमीसङ्गै बगिरहन्छु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *