मान्छे बदलिन्छ
|बिछ्यौनामा लडें
तर निद आएन
उसको यादमा रात बिताएँ
जीवन मेरो यतिकैमा सीमित रहेछ क्यारे !
उसको चिठ्ठी भित्र
यी आखाँहरू पनि थाकिसके
उसको बाटो हेर्दा-हेर्दै
मेरो मायामा कुनै कमि थिएन होला
माया त उस्तै थियो मेरो
सायद तिम्रो मन फेरि बद्लियोकि ?
समय बदलिन्छ
दिन बदलिन्छ
रात र बिहान साटिन्छ
जुन र घामको अदली-बदलि हुन्छ
मान्छे के हो र ?
मान्छेको मन त त्यसै बदलिन्छ ।