चिसो रात

यो चिसो रातलाई भोलिपल्ट
घाममा सुकाउँछु भन्छु
बिहान उठेपछि
न्यानो घामले बिर्साइदिन्छ
घाम र म लठ्ठा बाजी हुँदै
मेरो दिन जान्छ ।

फेरि उही चिसो सिरेटोमा
कठङ्ग्रिएको मुटुलाई च्यापेर सुत्छु
भोलि त
जुनलाई हाईभोल्टेज बिजुली स्टेशनमा लगेर
रिचार्ज गर्न पर्यो
मन मनमा सोच्छु
कहिले सोच्छु
क्षितिजदेखि आकाशसम्म
आकाशदेखि क्षितिजसम्म ।

हिड्ने यो घाम र जुनलाई
धर्तीमै कैद गर्नु पर्यो
चिसोले सताएको बेला
रङ्ग बिरङ्गको तर्क आउँछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *