मुक्तक

फूल टिपें जतनले, झर्छ कि भनेर
भइन् समर्पण ममा, विनय देखेर ।
बिजभित्र रूप रङ्ग, सुगन्ध भर्नलाई
नमन गर्छु दिव्य, कलाकार बुझेर ।

ढलपल गर्ने शित पनि, टक्क अडिन्छ
महकिंदै पवन रमाएर, नाँच्छ नचाउँछ ।
इन्द्रेणीको सौन्दर्यमा, अधैर्य भो मयुर
पङ्ख फिंजाई फूलबारीमा, रास रचाउँछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *