यात्री

त्यहि पुरानो पोका-पन्तुरो बोकेर,
गाडिको छेउको फाटेको सिट्मा बसेर,
धमिलो देखिने झ्यालबाट यो रङगीन संसार हेर्दै,
पर्खी बसें आफ्नो गन्तब्य कुरेर ।

उही पुराना अनुहारहरु,
उस्तै छ बग्ने पवनहरु,
मिसिएको छ तेही पुरना भावनाहरु,
सारा यी यादहरु बोकेर,
हिडें म रमाइला पलहरु अङालेर ।

कल-कल बग्ने खोलाहरु,
बनमा गाउने चराहरु,
सुसेली दिने भाकाहरु,
बसेका छन् बाटो छेकेर,
तर जानु छ मलाई यिनीहरुको साथ छोडेर ।

त्यो पिपलको छहारीहरु,
त्यो आफ्नोपन महसुस गराउने बोलिहरु,
तेही बन्दी बनाउने बाचाहरु,
कस्दैछन मलाई आफ्नो भनेर,
बिडम्बना हेर,
बिदा लिनुछ मैले केवल एउटा यात्री बनेर ।
केवल एउटा यात्री बनेर !!!

Add a Comment

Your email address will not be published. Required fields are marked *