ग़ज़ल
|हाँसोको मुल्य छैन यहाँ आँसुको अर्थ छैन
ढलेको छ एउटा जीवन उठाउनलाई खर्च छैन
फटाहा र भ्रष्टहरुको बोला बाला चलिरह्यो
इमान्दार र सोझाहरुको कतै पनि चर्चा छैन
रुघा-खोकी निको पार्न बिदेसिन्छन् नेताहरू
गरीबलाई अस्पतालमा औसधीको पर्चा छैन
सुनखानी तामाखानी नेपालमै छ जताततै
खोजिगर्ने जाँगर अनि भेटाउने खर्च छैन
देशका लागि मर्न पनि तयार हुन नसक्नेले
जन्म लिनु कोखबाट यसको कुनै अर्थ छैन ।
One Comment
मर्नु भनेको त आफ्नै जिवनलाइ आहुती दिनु हैन र भिनाजु? अनि यो त यस्तो स्वार्थी दुनियाँमा आफ्नो व्यक्तिगत जिन्दगीलाई एकातिर पन्छाएर देसको लागि मर्नै जो कोही तयार हुन सक्ला र? बरु यति ठूलो जिन्दगीको उत्सर्ग कै अपेक्षा गरिहाल्नु भन्दा जस्तो …… देश दुख्दा एकछिन पनि नघोत्लिने कोहि भए…… यस्तै यस्तै केही मिलाउदा पो हुन्थ्यो कि … मेरो विचार मात्र है फेरि