अन्तै मोडी दिएँ आँखा
|आँशुका ढिक्का सँग-सँगै मिसिएर
पोखिंदै थिए मेरा शब्दहरू
मुटुको धड्कन सँग-सँगै खोसिँदै थिए मेरा खुशीहरू
विमोचित चोटहररू बोकेर म हिंडी रहँदा
कोहि पनि आएन मेरो लागि सहानुभूति बोकेर
आशुँका छालहरु सँग-सँगै बग्दै गएँ
तर कोहि पनि भएन मलाई बचाउने
मलाई साथ दिनेहरु साथ दिन छाडे आजभोलि
त्यसैले गहभित्रै रोकि दिएँ वेदनाले झरेको आँशुहरु
अन्तै मोडी दिएँ उनीहरुलाई देख्ने आँखाहरू
संसारनै बिरानो लाग्छ मलाई कसलाई आफ्नो भनुँ ?
आफ्नोले दिएको चोटले यति पीडा हुँदो रहेछ म के जानूँ !!