डेलावयरमा नयाँ बर्ष २०७६ को स्वागत

अमेरिकाको डेलावयरस्थित बालबालिकाका लागि नेपाली पाठशाला संचालन गर्ने अभिभाबकहरुको पहल तथा डेलावयर अनि आसपासका नेपालीहरुको साथ र सहयोगमा नयाँ बर्ष २०७६ को स्वागत कार्यक्रम अप्रिल १३ शनिबार एक बनभोज कार्यक्रमको आयोजना गरी सम्पन्न भयो ।

स्थानीय नेपाली अभिभावकहरुका बालबालिकाहरुलाई नेपाली भाषाको ज्ञान दिनुका साथै नेपाली चाड-पर्व एवम् संस्कृतिको जानकारी दिने उदेश्यले कार्यक्रममा बालबालिकाको अधिकतम सहभागिता गराईएको थियो ।

बिहान ११:३० बाट स्थानीय पार्कमा सुरु भएको कार्यक्रममा करिब २ सय जनाको सहभागिता थियो । दिवा भोजको लगत्तै सांस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । बिजय गैह्रेले संचालन गर्नु भएको सांस्कृतिक कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । करिब तीस भन्दा बढी बालबालिकाहरुले एकै स्वरमा ‘सयौ थुंगा फूलका हामी…’ राष्ट्रिय गान गाएका थिए।

कार्यक्रममा स्वागत मन्तब्य दिदै कार्यक्रमका संयोजक शैलेन्द्र देवकोटाले नेपाली पाठशालाको स्थापना , यसको महत्व अनि संचालनका चुनौतीको बारेमा प्रकाश पार्नुभएको थियो ।

यसैगरी पाठशाला संचालनमा योगदान पुर्याउनु हुने स्वयमसेवक शिक्षिकाहरु अनिरा कंडेल , सपना देवकोटा , मुना सुबेदी, मञ्जु पाण्डेय, शोभा डंगोल र रमिता श्रेष्ठलाई स्थानीय समाजसेबी रबि खनालले सम्मान गर्नु भएको थियो । साथै उहाँले पाठशाला संचालन पुण्य कार्य भन्दै २ सय १ डलर आर्थिक सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा सबैको आकर्षणको केन्द्र थिइन – स्यामी ढकाल । मात्रै ११ बर्षकि यी बालिका नाच्न , गाउन मात्र होइन सफल कोरियोग्राफर पनि हुन् । उनकै निर्देशनमा बालबालिकाहरुले नृत्य गरेका थिए । प्रिशु , रिदम, आशमा , एड्रिका, एन्जिला , आर्या, संकेत लगायतका बालबालिकाले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

सोही अवसरमा दर्शना भट्ट र सेफाली श्रेष्टले जिम्नास्टिक प्रदर्शन गरे भने समानता जैसी, स्याम ढकाल ले पियानो बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बिचमा बिचमा रमाइलो कुराहरु को साथमा चुटकिला पस्केर उद्घोषक गैह्रेले दर्शकलाई हसाउनु भएको थियो । गीत संगीतको ब्यवश्थापन सुबाश ढकालले गर्नुभएको थियो ।

सास्कृतिक कार्यक्रमको समापनसंगै कार्यक्रमको दोश्रो भागमा विभिन्न खेलकुदहरुको आयोजना गरिएको थियो । राजकुमार श्रेष्ठको नेतृत्व तथा देब जैशी , सन्तोष गौतम लगाएत अभिभाबकहरुको सहभागितामा अण्डा खोज, चम्चा दौड लगायत रमाइला खेलहरुको आयोजना गरिएको थियो । सहभागी सम्पूर्ण बालबालिकालाई उपहार प्रदान गरिएको थियो ।

एकातिर बालबालिकाहरु आफ्नो प्रस्तुति र खेलकुदबाट मनोरन्जन लिईरहेका थिए भने अर्को तिर युवा तथा अभिभाबकहरु बार्बिक्यु र भलिबलमा रमाईरहेका थिए । बालकृष्ण नेपाल, सुनिल श्रेष्ठ , दीपक भट्ट , हुमलाल भण्डारी लगाएतले बार्बिक्यु सम्हाल्नु भएको थियो भने भलिबलमा रिजन पोखरेलले समन्वय गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा नयाँ बर्ष बिशेष कार्यक्रम राखिएको थियो । कार्यक्रम राम खनाल र दिपक भट्टले संयोजन गर्नुभएको थियो ।

तस्वीर: रजमित मानन्धर

Add a Comment

Your email address will not be published. Required fields are marked *