नारी

सराब हैन म तिम्रो सिर्फ पिएर प्याला रित्याउने
खेल हैन म तिम्रो हाँसी मजाकको शिकार बनाउने
म त एउटा सत्य नारी हुँ सृष्टि उब्जाउने
म त त्यो फूल हुँ पत्थरमा पनि फुल्न सक्ने

प्रकृतिको उपहार हुँ म मेरो हरेक चरण अद्वितीय छ
म इन्द्रेणी हुँ म मा अद्भुत करिश्मा छ
म त्यो सुन्दर नारी हुँ म मा आश्चर्य धेरै छ
म त्यो नारी हुँ कैप्टिभेट आकर्षणभन्दा गुण फैलाउने

म त्यो फूल होइन समर्पित गर्ने कसैको लागि
म त्यो फूल हुँ चट्टानमा पनि फुल्न सक्छ
फूलको हेर रूपहरू काँडामा पनि हाँस्न सक्छ
मलाई जुनसुकै नामले बोलाए पनि हुन्छ
फूलको नामले होइन सुगन्धले चिनारी दिन्छ

मलाई चिन्न सके मेरो उपयोगिता अनन्त छ
म खुसीहरू ल्याँउछु मेरो मूल्य अमूल्य भए
म फूल हुँ म मा आकर्षण शक्ति अनन्त छ
म फूल हुँ म सृष्टीलाई पनि बचाइराख्न सक्छु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *