गजल

जिन्दगी भएन खास जस्तै
हर्दमै भयो तमास जस्तै

वेदना बढे सदैव चर्का
आप्रवास भो पिनास जस्तै

तर्सिएँ निकै नृशंसताले
लाग्छ दुर्मना छ पास जस्तै

बाँध भत्कियो प्रकल्पनाको
बिघ्न तेर्सिए अकास जस्तै

फैलिँदै गए सहस्र रोग
रोज थुप्रिए बित्यास जस्तै

मार्ग बिर्सिए प्रशन्नताले
भो मुहार नै उदास जस्तै

निल्छु झैँ गरे निरीहताले
हर्ष भैसके खलास जस्तै

निख्रिँदै गए सुगन्ध सारा
छैन मोहनी गुराँस जस्तै

सिद्धिए सबै प्रभाव ओज
भाग्यले गर्‍यो प्रहास जस्तै

छन्द:-मयूर सारिणी
SIS ISI SIS S
५ अक्षरमा विश्राम

Add a Comment

Your email address will not be published. Required fields are marked *