गज़ल
|
परिताप भयो जीवन यो
अति धाप भयो जीवन यो
नसकी नसकी चल्छ सधैँ
करकाप भयो जीवन यो
सहभाव मर्यो लालचले
कति पाप भयो जीवन यो
दिन रात जुध्यो कामसँग
तब चाप भयो जीवन यो
कटुता चुलियो आपसमा
विप्रलाप भयो जीवन यो
छलछाम गरे दुर्मदले
सहिछाप भयो जीवन यो
विपरीत भए सोच सबै
अभिशाप भयो जीवन यो
वरदान कहाँ धर्म कहाँ
बरु श्राप भयो जीवन यो
कि त शान्ति लुटे दुर्गतिले
कि अफाप भयो जीवन यो
ठगियो विचरा आँगनमै
र सखाप भयो जीवन यो
(६ अक्षरमा विश्राम)