गीत

जाउँ हामी बादलमाथि उड्दै टाडा-टाडा
तिम्रो हाम्रो मायाप्रिति बनायौ अझै गाढा
युगौंदेखि अधुरा छन् सबै प्रेमका कथा
न त मुना पूर्ण भइन् न त कहिले राधा

अमर कथा लेख्दा किन अधुरो नै कोरिन्छ यहाँ
मीरा मारी मोहनलाई किन एक्लै छाडिन्छ यहाँ
लेख्नेलाई डाहा लाग्ने एउटा जीवन बाँचौं हामी
बाँचुन्जेली मात्र हैन मर्दा सँगै मरौं हामी ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *