राष्ट्रियताका पक्षमा आम नेपाली एकजुट हौं


“दरबार हत्याकाण्ड मार्फत विघटन गरिएको राज्यको शक्ति केन्द्रको उत्थान हुन नसक्नु नै अहिलेको तरलता,अराजकता र अनैतिकताको मुख्य कारण हो । १२ बुँदेका नाममा विदेशीहरुका हातमा हस्तान्तरण गरिएको राज्यको शक्ति केन्द्रको उत्थान नभैकन तरलताको अन्त्य हुँदैन । शक्ति केन्द्रको उत्थान हुन नदिने साम्राज्यवादीहरु तथा तिनका दलालहरु र यसको उत्थान नहुँदासम्म सङ्कट समाधानको बाटो खुल्दैन भन्ने यथार्थ अनुभूति प्राप्त नेपाली जनमतका बीचको ध्रुवीकरण नै अहिले यथार्थ हो ।”– भरत दाहाल/राजनीतिक विश्लेषक

“…सुकिसकेको मृगौलामा पानी हाल्न आफू चाँही थाइलैण्ड जाने,रुघाखोकी लाग्दा बैङ्कक गएर उपचार गर्ने अरुलाई लुटेरा देख्ने लाज लाग्दैन ? जसले हिजोको दिनमा देश टुक्र्याउँछु भनेर सिङ्गो देशले राष्ट्रघाती र देशद्रोही देखेको सिके राउतलाई आज अङ्गालो हालेर उसको मधेश टुक्र्याउने अभियानलाई स्वागत गर्ने ओली सबैभन्दा असली लुटेरा हुन् |” नेकपा(विप्लव) फेसबुक १७ श्रावण २०७६

पृथ्वीनारायण शाहको शासनकालमा धर्म प्रचारको नाममा त्यसबेला झण्डै–झण्डै ७०० को हाराहारीमा नेपाल छिरेका क्रिश्चियन धर्म प्रचारक पादरीहरु थिए । तिनीहरुलाई मुलुकको दक्षिणी सिमानापारि पुर्याइएको थियो । धर्म प्रचारको नाममा नेपालमा रहेको सांस्कृतिक वैभवको सम्पन्नता माथि आघात नगरुञ्जेल, अतितका नेपालका गौरव गाथाले भरिएको संस्कृतिलई छिन्नभिन्न नपारुञ्जेल, नेपालको अस्तित्व तथा सांस्कृतिक धरोहरलाई लोपोन्मुख बनाउनु पहिले निशाना थियो । पश्चिमी धर्म प्रचारक निरन्तरताका लागि त्यो पनि नेपालमा कम्युनिष्ट सरकारको दुई तिहाईको दम्भ दिएर नथाक्ने सरकारको समयमा पृथ्वीनारायण शाह र त्यसबेलाका देशभक्त नेपालीले आर्जन गरेको मुलुक प्रति गद्दारी गर्दै, मुलुकको अस्तित्व माथि नै पटाक्षेप यात्राको क्रम प्रधानमन्त्री ओलीको नेतृत्वमा त्यसले प्रश्रयता पायो । होली वाइनले आफूलाई अभिषेक गर्दै पृथ्वीनारायण शाहद्वारा गरिएका चेतावनीलाई वेवास्ता गर्दै,राष्ट्र र राष्ट्रियताप्रति औँलो उठाउने,धर्मको आडमा राष्ट्रप्रति कमजोर बनाउने किसिमका हरकतहरुको पुनरावृतिलाई नकार्न सकिन्न ।

राष्ट्र लोपोन्मुखका सङ्केतहरु
विश्व परिवेशमा धर्म संस्कृतिका बुद्धको वैभवता आदिका कारण तत्कालीन परिवेशमा यो मुलुक दशौं समृद्ध राष्ट्रमा गणना हुन्थ्यो । अंशुवर्माको शासनको समाया जारी सिक्काको प्रचलनले यो मुलुकको आर्थिक समृद्धिको मापन गर्न सकिन्छ । त्यसबेलाका मन्दिरहरुमा गरिएका सांस्कृतिक सम्पदाका कालीगढ़ले यस मुलुकको वस्तु कलाकारितामा आफ्नै पहिचानको विशिष्टता कायम गरेको कुरा यसबेला हामी गर्वका साथ भन्ने गर्छौ ।

चीन र भारतको युद्धमा नेपालले आफूलाई तटस्थ राष्ट्रको रुपमा आफूलाई उग्याउँदै दुवै भाइ समदूरीमा राख्नका लागि त्यसताका गरिएका महेन्द्रकालीन अभ्यासहरु आज पनि स्तुत्यको रुपमा लिनुपर्छ । मुलुकलाई पूर्वदेखि पश्चिमसम्म जोड्न महेन्द्र राजमार्गको निर्माण गरिएको थियो । मुलुकभित्र आर्थिकस्तरलाई बढावा दिन,आर्थिक विकासमा सामेल हुन विराटनगर जुट मिल्स,रघुपति जुट मिल्स,मोरङ सुगर मिल्स,वीरगंज चिनी कारखाना,कृषि औजार कारखाना (सोभियत संघद्वारा निर्माणाधीन),भृकुटी कागज कारखाना, हेटौंडा सिमेन्ट उद्योग,हेटौंडा कपडा उद्योग,बाँसबारी छाला जुत्ता कारखाना – यस किसिमका राष्ट्रलाई टेवा दिने,आर्थिक विकासमा राष्ट्रिय आत्मनिर्भरताका लागि राजा महेन्द्रद्वारा गरिएका आर्थिक सुधार तथा आर्थिक मेरुदण्डको लागि स्थापित गरिएका उद्योगहरु थिए । मुलुक भित्रका नेपालीहरुले रोजीरोटीको लागि विदेश भौतारिनु परेको थिन । पंचायती व्यवस्थाको अवसान सँगै-विशेषतः शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा यस मुलुकमा आर्थिक गतिविधिलाई शून्यमा झार्नका लागि माथि उल्लेख गरिएका कलकारखानाहरु कौडीको मूल्यमा बेचिए । ती कतिपय कारखानाले आर्थिक नाफा गर्नुका साथै ती फ्याक्ट्रीसँग सम्बन्धित मजदुरले आफ्नो परिवारको राजीरोटीको व्यवस्था गरिरहेको थियो ।

भारतीय शासन सत्ताको मिलोमतोमा नेपालको समृद्धी नचाहने छिमेकीको आत्म निर्भरमा जलनका डाहले पोल्दै नेपाली काँग्रेसद्वारा विशेषत लैनचोरद्वारा बनाइएका आफ्ना प्यादा मार्फत नेपाल स्थित फ्याक्ट्रीहरु कौडीको मूल्यमा बेच बिखन भएका छन् । ती फ्याक्ट्रीहरु बेचिंदा तत्कालीन सरकारमा रहेका मन्त्रीदेखि फ्याक्ट्रीका सम्बन्धित व्यक्तिहरु समेत आर्थिक घोटालामा निर्लिप्त भए । मुलुकको उत्पादनलाई आर्थिक धराशायी बनाउन जिम्मेवार थिए ।

राजा महेन्द्र र पञ्चायती व्यवस्था
राजा महेन्द्रले दक्षिणी सिमानाबाट आउने रोजीरोटीको भेलको क्रम बढी रहेको थियो । मुलुकभित्रका कलकारखानाको उदयकाल थियो । सिमाना पारिबाट आउनेलाई पनि रोजीरोटीको व्यवस्थाले राहत दिएको थियो । त्यसबेला नेपालबाट विदेशमा श्रम गर्ने लर्कोको अवस्था न्यून थियो । त्यसको विपरितमा दक्षिणबाट यस मुलुकमा रोजीरोटीको लर्को बढेको अवस्था थियो । नागरिकता प्रकरणलाई राष्ट्रियता अनुरुप,राष्ट्रलाई निर्वल हुने कार्य प्रति कडाइ गरिएको थियो । राष्ट्रियतालाई विशेष ध्यान दिइएको थियो । पंचायती व्यवस्थामा भ्रष्टाचार थिएन भन्ने होइन । आजकोजस्तो संगठनको नाममा संगठित तरिकाबाट,यस किसिमबाट मौलाएको भ्रष्टाचार थिएन । अपारदर्शी केही भ्रष्टाचार हुन्थ्यो ।

न्याय प्रशासन अदालत प्रशासन आदिहरुमा चुस्त दुरुस्त कायम गरिएको थियो । वाइडबडी काण्ड,सुन प्रकरण,बालुवाटार काण्ड,एनसेल प्रकरण जस्ता अरबौं खरबौंको खेलबाट तत्कालीन व्यवस्था बेखवर थियो । हो सुनिन्थ्यो मूर्तिकाण्ड, गधा काण्ड,कार्पेट काण्ड आदि आदि थिए । राजा वीरेन्द्रसम्म आइपुग्दा राष्ट्रको अस्तित्वका लागि,राष्ट्रको निरन्तरताका लागि नेपालको शान्तिक्षेत्र प्रस्तावसम्म आइपुग्दा राजा वीरेन्द्रको हत्याको कारण नागरिकता विधेयकलाई स्वीकृत नगरिनुमा उनको हत्याको कारणलाई देशभक्त नेपालीले यी पंक्ति लेखुन्जेलसम्म लिएका छन् ।

राजा वीरेन्द्र राष्ट्रका पहरेदारमा आफ्नो भूमिकालाई जीवन्त रुपमा निर्वाह गरेको कुरालाई नकार्न सकिदैन । राजा महेन्द्रको अविछिन्न पञ्चायती व्यवस्थाको ३० औं कालमा देशको सार्वभौमिकताको परिचय एउटा देशप्रति जिम्मेवार राजनयिक राजा महेन्द्रले जनता र देशप्रति गरिएका प्रतिबद्धता अनुरुप त्यसलाई सवल र सक्षम बनाउन खेलिएको भूमिका स्तुतीय छ ।

आम नेपाली जनतामा राजा महेन्द्र
राजा महेन्द्रको कद अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको थियो । उनको उचाइमा पुग्ने कद आजका नेपाली राजनीतिमा कमरेड मनमोहन अधिकारीले नेपाल भारत बीच भएको १९५० को असमान सन्धीका खारेजी गर्ने पहलको सुरुवात उहाँबाट नै भएको थियो । कमरेड मनमोहनको नेतृत्वमा नेपाल र भारतबीच भएको असमान सन्धीको खारेजीको लागि नेपाली पक्षबाट त्यसपछी हुने प्रधानमन्त्री जो सुकैले पनि त्यसलाई नियमितता दिने चासो कसैले देखाएनन् ।

राष्ट्रियताको ओज,राष्ट्रियता सम्बर्धनमा राजा महेन्द्रले राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच पुर्याउन उनले गरेको योगदान अतुलनीय नै छ । अन्तर्राष्ट्रिय भेलाहरुमा तत्कालीन परिवेशमा नेपालले बोलेको कुराहरुको यथार्थता अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो मुलुकको पहुँचलाई निरन्तर बनाइ राख्न सफल भएको यथार्थतालाई नकार्न सकिन्न ।

मुलुकलाई एक शुत्रमा आवद्ध गर्न,पूर्व पश्चिम नेपाललाई जोड्ने कार्यमा महेन्द्र राजमार्ग (तत्कालीन) को निर्माणले मुलुक भित्रका नेपालीहरुलाई एक अर्कासँग जीवन्तका सम्बन्धहरुलाई प्रगाढता बनाउने कार्यमा अहम् भूमिका खेलेको थियो ।
राजा महेन्द्रले पञ्चायती व्यवस्था प्रार्दुभाव गरेर एकतन्त्रीय शासन ३० वर्षे लम्बिएर गएको थियो । पञ्चायती व्यवस्थाको कालभरि राष्ट्रयता,राष्ट्रप्रति भारतीय सरकारको हेपाहा नीति परास्त बन्दै गएको थियो | क्रमश: मुलुकले आत्मनिर्भरतर्फ पाइला चालिरहेको अवस्था थियो ।पञ्चायती व्यवस्था हुँदै मुलुक भित्र खोलिएको कलकारखानाले आम नेपाली जनताको आवश्यक आपूर्तिको भरथर गरिरहेको अवस्था थियो । राजा महेन्द्रको देशभक्ति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उनको राष्ट्रियताप्रति समर्पण आदिको विभिन्न मुलुकका राजनेताहरुबाट बखान गरिन्थ्यो । अन्तर्राष्ट्रिय क्षेत्रमा राजा महेन्द्रले अभिव्यक्ति गरेको शब्दहरु प्रति वजनदारको रुपमा ग्रहण गरिन्थ्यो ।

राजा महेन्द्र र वीरेन्द्रको राष्ट्रियता भारतलाई पचेन
चीन र भारत बीचको युद्धले भारतलाई नेपालतर्फ अभिरुची तथा नेपाललाई असजिलो र गडबड गर्न अलिक नसकि रहेको अवस्था थियो । यसै मेसोको समयको सदुपयोग गरेर नेपालमा पञ्चायती शासनको सुरुवात गरेको देखिन्छ । पञ्चायती शासन सुरु हुँदाहुँदै राष्ट्रलाई समृद्ध तर्फ डोर्याउन तथा मुलुकको अस्तित्वलाई अविछिन्न राख्नका लागि पनि राष्ट्रियता जगेर्ना सम्बर्धनका लागि राजा महेन्द्रद्वारा सुदूर भविष्य नेपालको सुद्दीकरणका लागि व्यवस्थासँगै मुलुकभित्र विकासका मोडेलहरु अनुरुप जोड्दै लगेको देखिन्छ ।

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य प्राप्त भएपछि राजा महेन्द्रले पनि विश्व राजनीतिक मंचहरुमा नेपालको सहभागिता नेपालले आफ्नो तर्फबाट खेलेको भूमिकाको मूल्याङ्कन स्तुत्य नै छ । इण्डोनेशियामा भएको तत्कालीन बाङडुङ सम्मेलनको आयोजक मण्डलीको भूमिका निर्वाहमा नेपालको भूमिका तत्कालीन चर्चाको विषय भएको थियो । त्यस वाङडुङ सम्मेलनमा तत्कालीन चीनमा प्रधानमन्त्री चाउएनलाईले चिनियाँ प्रतिनिधी मण्डलको नेतृत्व गरेका थिए । विश्व रंगमञ्चमा चाउएनलाईद्वारा अभिव्यक्त भएको भाषणले चीनको स्पष्टता र चीनलाई एक्लाएर विश्व अघि नबढ्ने जस्ता ओजश्वी शब्दहरुको प्रयोग गर्नु भएको थियो ।

राजा वीरेन्द्रले आफ्नो शुभ राज्यभिषक २०३३ फाल्गुण १३ गते विश्वभरिका राष्ट्रप्रमुख तथा राष्ट्र प्रतिनिधिहरु समक्ष “नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस्” भनेर ६० राष्ट्रका प्रतिनिधिहरु समक्ष आह्वान घोषणा गरेका थिए ।
तत्कालीन भारतीय उपराष्ट्रपति जत्तिले तत्कालै जवाफ फर्काउँदै भनेका थिए – नेपाललाई किन शान्तिक्षेत्र चाहियो । हिन्दू महासागरलाई नै शान्तिक्षेत्र घोषित गरियोस् भनेर घुमाउरो तरिकाले शान्तिक्षेत्रको प्रस्तावको विरुद्ध भारत उभिएको थियो ।

छिमेकी भारतलाई नेपालमा राजतन्त्रलाई जसरी पनि विदाइ नगरुञ्जेल भारतीय शासन व्यवस्थाको स्वार्थ अनुकूलता नहुने भएको थियो । भारतीय नाङ्गो हस्तक्षेपको विरोधको विरुद्ध राजतन्त्र प्रमुख कारककारुपमा उभिएको थियो ।मुलुक भित्र भारतीय नागरिकको दिनदिनै चाप बढीरहेको अवस्था थियो । नेपाल भारत बीचको खुल्ला सिमानाका कारण बढ्दो चाप, मुलुक झन्–झन् निरिहता बढीरहेको सन्दर्भ थियो । भारतीय नागरिकको बढ्दो चापलाई नियन्त्रण गरिनु जरुरी थियो । सदनबाट नागरिक विधेयकलाई संशोधन गरिने प्रस्तावलाई राजा वीरेन्द्रद्वारा फिर्ता गरियो ।

राजा वीरेन्द्र वंशको हत्या अन्य जति सुकै कुरा तपसिलमा आए पनि राजा वीरेन्द्रको वंश भारतीय सरकारका लागि घाँडो थियो । राजा वीरेन्द्रको वंशको सफाया विना भारतीय स्वार्थ पुरा हुन सम्भव थिएन । राजा वीरेन्द्रको वंशको हत्या पछि भारतीय शासन सत्ताबाट प्रधानमन्त्री,मन्त्रीहरु जिम्मेवार सेना, प्रहरी, अदालत यी सबैलाई छिन्नभिन्न पारिएको अवस्था झन् झन् टड्कारो रुपमा बढ्दै गइरहेको छ ।

आम नेपाली जनता यसबेला महसुस गरिरहेका छन् । पञ्चायती व्यवस्थामा देश सुरक्षित थियो । यसबेला दक्षिणमा भारतीय सेनाले जङ्गे पिलर लडाउँदासमेत नेपाली सेना व्यारेकबाट बाहिर निस्कदैन किन ? भ्रष्टाचारी,बलत्कारी, राष्ट्रियताप्रति घात प्रतिघात गर्ने देशद्रोहीको ताइफाइ सकि नसक्नुसँग बढेको छ । नेपाली जनताप्रति घात प्रतिघात भइरहेको छ । न्याय प्रशासन सबै किसिमबाट छताछुल्लन पारिएको छ । यी सबैका पछाडि देशलाई थिलथिलो बनाउने,देशलाई जोखिम राष्ट्रको रुपमा तरलता प्रदान गर्ने कम्युनिष्ट र काँग्रेस व्राण्ड पार्टीका नेताहरु लागि परेका छन् । यी सबै विरुद्ध आम नेपाली जनता आन्दोलित भएर यो भ्रष्टाचार विरुद्ध आफूलाई उभ्याएर आम नेपाली राष्ट्रियका सम्बर्धनमा हातेमालो गरौं । समयमै यसको उपचार हामीले गरेनौं भने हामीले आफूलाई नेपाली भन्न पनि पाउने छैनौ । यो समय भनेको पेलेस्टाइनी जनताले भोगेको ठ्याक्कै त्यस्तै स्थितिको सङ्घारमा हामी उभिएका छौं ।

मुलुक संङ्गिन अचानोमा
आम नेपाली जनताले नेपाल कम्यूनिष्ट पार्टीलाई अत्याधिक बहुमतद्वारा सतामा पुर्याए । नेपाली जनताले नचिनेका अर्थात् मतदानद्वारा नचिनिएका रामबहादुर बादल यसबेला गृहमन्त्री जस्तो सम्वेदनशील पदमा आसीन छन् ।
न्याय कानुनमा कतै व्यवस्था नभएको नागरिकता प्रकरणमा – मुलुक भित्रका ७७ जिल्लामा सिमाना पारिबाट हुलका हुल लिएर जन्मसिद्धको आधार भनी नागरिकता बेच्ने परिपाटी बसाले । ठूलो सङ्ख्यामा भारतीयहरुलाई नेपाली नागरिकता वितरण गरिएको छ । संसदमा नागरिकता वितरण सम्बन्धी जुन अबैध तरिकाबाट जिल्ला जिल्लामा वितरण गरिएको छ त्यसको खारेजीको परिपत्र प्रेषित गर्न संसदमा किन कुरा उठ्दैन ? संसद किन राष्ट्रियता सम्बन्धी सवालमा मौनता साध्नुको अर्थ के हुन्छ ?

देशभरिका सांसद चाहे ती नेपाली काँग्रेस पार्टीबाट चाहे नेकपा तर्फबाट वा अन्यबाट नै सांसद भएका नै किन नहुन् मुलुकप्रति घात आघात गर्ने नागरिकता सिनेमाको टिकट काटै झैं काटिएको छ । त्यस नागरिकता खारेजीको लागि किन कोइ चुइक्क सम्म बोल्दैन ? यसको अर्थ हो भारतीय साम्राज्यवाद नेपालका सबै किसिमका पार्टीहरुमा कसरी पकड बनाइ सकेछ ? भारतीय शासनको स्वार्थ अनुरुप उनीहरू स्वचालित छन् भन्ने कुरा घाम जत्तिकै स्वतः स्पष्ट भएको छ । भारतीय शासन सत्ताले नेपालको सांसद भवनमा नै कति पकड जनाइ सकेको छ यस्को ज्वलन्त उदाहरण हो । मुलुकको राष्ट्रिय सम्बर्धनको सवालमा तैं चुप मै चुपको अवस्थाले हाम्रो मुलुक पनि पेलेस्टाइनले भोगेको नियतीमा जाँदै गरेको स्पष्ट संकेत देखिएको छ । आफूलई देशभक्त नेपालीको सन्तान भन्ने ती नेपाली यसबेला मृत छन् या बाँचेकै छन् ? राष्ट्र यस्तो संगीन घडीमा आइपुग्दा पनि कम्युनिष्टको बुख्याचा ओढेर भारतीय शासन सत्ताको ओतमा रमाइरहेको स्पष्ट देख्न/बुझ्न सकिन्छ । – ritu524646@gmail.com

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *