रवी र सालिकरामको सन्दर्भमा आत्महत्याको बढ्दो प्रवृति र पृष्ठभूमी
|हुन त यो हप्ता मात्र हैन बिगत दुई चार वर्षदेखि रवी लामिछानेको बारेमा धेरै नै चर्चा परिचर्चा हुने गरेको छ । गएको हप्ता, सामाजिक संजाल भरि र साथीभाइ भेटघाट हुँदा रवि लामिछानेबारे निकै चर्चा-परिचर्चा भयो ।
रवी लामिछाने र शालिकराम पुडासैनी कै प्रशंगमा को सहि को गलत हो भन्ने बारेमा धेरै टिका टिप्पणीहरु भए । तर एउटा पाटो “potential risk” को बारेमा कम नै विश्लेषण भयो । हुन त यहाँ विश्लेषण गर्न लायकका मुख्य कुरा धेरै छन्, जस्तै कि कसरी मृत्यु हुन गयो ? आँफै मरेका हुन् कि मारिएका हुन् ? फसेका हुन् कि फ़साइयेका हुन् ? शालिरामको मृत्यु घोषणा सन्देशको सेल्फी भनिएको भिडियोमा ‘किन’ भन्ने शब्द बोल्ने को थियो ? बिचमा सिराने कहाँबाट आयो आदि इत्यादी । यस्को उत्तर त सम्बन्धित मान्छेले, भीडले, अदालतले अवश्य पनि निकाल्ला नै भनेर बिश्वास गरौँ तर त्यसै बिषयसङ्ग जोडिएको अर्को पाटो आत्महत्याको बारेमा पनि ध्यान दिउँ ।
नेपाल वा अमेरिकामा मात्र नभई विश्यव्यापी रुपमा नै आत्महत्या एक गम्भीर जनस्वास्थ सम्बन्धी समस्या भएको छ । अमेरिकास्थित (Center for Disease Control) को सन् २०१७ को तथ्याङ्कअनुसार ४७हजार १ सय ७३ जनाले आत्महत्या गरेका थिए भने सन् २०१४ मा ४२ हजार ७सय ७३जनाले ।
हरेक वर्ष विश्व स्वाथ्य संगठनका अनुसार करिव ८ लाख मानिसले आत्माहत्याका कारण ज्यान गुमाउँछन्। यो अङ्क हरेक ४० जनामा १ व्यक्तिको बराबर हो । के यो स्थिति भयावह हैन ? अब यो पनि विचार पुराउने समय आएको छ । यहाँ अझै “attempted suicide ” अर्थात आत्महत्याको प्रयासको त कुरै निकालिएको छैन ।
बढ्दो शहरीकरणसँगै निम्तेको ‘एक से बढ़कर एक’ प्रवृति र समाजवादको खास्टो ओढेर चरम पुँजीवादमा लम्किदै गएको समाज जो हरेक दिन देखासिकी वा आडम्बरी होडबाजीमा रमाउन चाहन्छ, कतै यसैको परिणाम त हैन ? देखासिकी वा आडम्बरी होडबाजीले कि त निराशा बढाइरहेको छ कि त मानिसको स्वाभाविक सामर्थभन्दा गह्रुङ्गो भारीले थिचिरहेछ
ताकी हामी माथि उठ्ने सक्दैनौं । हरेक दिन एकले अर्कोलाई पछार्न चाहने दिमागको परिणाम त हैन ? सहकार्य छाडेर को भन्दा को ठूलो अथवा एउटा भन्दा बढी कमाउनु पर्ने सोच त यस्को कारण हैन ? सबैलाई सम्मान गर्न छाडेर, देखावटी रूपमा आफूभन्दा ठूलो कद र पदमा भएका मानिसहरुले मात्र सम्मान अनि अरुलाई हेप्नु पर्ने सामाजिक संरचनाको कारणले त यस्तो भएको हैन ?
समाजको कुरा गर्दा हामी पूर्वका मानिसहरुले एक्दमै महत्व दिने “show off” कल्चरको कुरा नगरी रहन सकिंदैन । आफूसँगैको साथी हवाइजहाज चड्यो भन्दैमा धुरी चढ्ने प्रवृति अझै हावी छ । घाँटी हेरी हाड निलौं भन्ने कुरा उखानमा मात्र सीमित छ ।
एकचोटी सोचौं त देखासिकी वा नक्कलको कुरा हामी घर घरमा कसरी गरिरहेका छौं -,’फलानोले त यस्तो यस्तो पनि गर्यो, खै तेरो ?’ कति चोटी भन्छौं हामी ? यसबाट के सन्देश गइरहेको छ होला ? यो कुरा गर्दा हामीले जहिले पनि अन्तिम नतिजालाई मात्र महत्व दिने कुराप्रष्ट छ । त्यो परिणाम आउनु अगाडिको अनुभव, त्यस बीचमा हुने संघर्षलाई सम्मान र स्वीकार नगर्ने परिपाटीले गर्दा हामी जहिले अनेक अनावश्यक गुनासो लिएर बाच्न बाध्य छौँ ।
हरेक मानिसको जीवन उतिकै मुल्यवान छ । आफ्नो सीमा र सामर्थनुसार जीवन जिउने र रमाउने गर्नुपर्छ । सीमाहरू आफ्नै सामर्थ्यअनुसार बढाउँदै जानुपर्छ । कसैको देखासिकी नक्कल वा तुलना गरेर हतोत्साही वा निराश पनि हुनु हुन्न वा आफ्नो सामर्थ्यभन्दा गह्रुङ्गो भारी बोकेर बीच बाटैमा नै जीवन यात्रा टुंग्याउनु हुन्न । देखासिकी नक्कल वा आडम्बरको होडमा दुखी बनेर बाँच्न आजैबाट छाडेर नचाहिने होड र दौडको पछि लागेर अनावश्यक पीर लिएर बस्ने काम छाड्ने कि ? एकचोटी यता तिरबाट पनि सोच्ने कि ?