रहर

नदी,
आँशुकै सही
मनको डुङ्गामा तिमीलाई राखेर
मनकै बहानाले चलाएर
बाधाहरु छिचोल्दै
पुर्‍याउनेछु खुसीका तटहरूमा
अनि,
अल्लि परको दोबाटोमा
बनाउनेछु एउटा बाटुलो चौतारी
र रोप्नेछु
प्रेमका जोडी वरपिपल ।

Add a Comment

Your email address will not be published. Required fields are marked *