भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका छिमेकीप्रति विध्वंशहरू
|
“१९४८ मै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मीर विवादलाई संयुक्त राष्ट्रसंघ पुर्याई संघ कै सुपरिवेक्षणमा जनमत संग्रह (प्लेविसिट) गरी टुङ्ग्याउन गरेको प्रस्तावले स्वतः अन्तर्राष्ट्रियकरण भएबाट पुष्टि हुन्छ । त्यसै अनुरुप राष्ट्रसंघले भारत–पाकिस्तान संघर्षको युद्धविराम गरी कश्मीरमा नियन्त्रण रेखा (लइन अफ कन्ट्रोल) कोरी त्यहाँ शान्ति सेना मार्फत तैनाथ गरेको थियो ।” – ध्रुवकुमार, ३१ श्रावण २०७६, कान्तिपुर
“सबैभन्दा ठूलो विफलता भनेको कुटनैतिक विफलता हो, हिन्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । सकेको दिन भुटान बनाउँछ यो तथ्य हो । चीनले तिब्बत बनायो, हिन्दुस्तानले कश्मीर खायो ।” – प्रदीप गिरी, काँग्रेस सांसद
“कश्मीरमा विधानसभा समेत विघटित रहेको र नेताहरु हिरासतमा रहेको अवस्थामा गरिएको यस निर्णयलाई सरकारले संबैधानिक भने पनि उसले ७० वर्ष अघि भारतीय संघमा कश्मीरलाई सामेल गर्दा तत्कालीन राजा हरि सिंहसँग गरेको सम्झौतामा (इन्स्टुमेन्ट अफ एक्सेसन) का कश्मीरको वैधानिक स्थितिमा कुनै परिवर्तन गर्नु परेमा त्यहाँको विधानसभासँग सल्लाह गर्ने प्रावधानको स्पष्ट उल्लंघन गरेको छ ।”– रोशन जनकपुरी, नयाँ पत्रिका, २७ साउन २०७६
नरेन्द्र मोदी यस पटक दोस्रो कार्यकालको लागि प्रधानमन्त्री आसीन भएका छन् । ती आसन भए सँगसँगै सत्ताको मातले उग्रता बढेको छ । सिक्किम एस.डि.एफ पार्टीको घोषणापत्रका कारण विजय भएका सांसदहरु भाजपामा प्रवेश गरेका छन् । जब कि चुनावताका एस.डि.एफ पार्टीको घोषणा अनुरुप सिक्किमका जनताले जिताएका हुन् । एउटा पार्टीको तर्फबाट मत जिति सकेपछि भाजपाका पार्टीमा प्रवेश गर्न कुन नैतिकताले दिन्छ ? भाजपाले अर्को पार्टीको चुनावी घोषणा अनुसार विजय भएकोलाई पार्टीको नैतिकताको हिसाबले त्यो गर्न मिल्छ ? यी सबै स्पष्ट रुपमा भारतीय जनता पार्टीको निर्देशनमा यस किसिमका घृणित कार्य भएको छ ।
मोदीका धर्मान्ध वितण्डाहरू
तत्कालीन राजा ज्ञानेन्द्रबाट सार्क शिखर सम्मेलनमा चीनको समावेश सँगसँगै दक्षिण एशियामा भारतीय शासनको दादागिरी मै अन्तिम पटाक्षेपमा पुग्ने सँगसँगै सार्कको भविष्यलाई चीनको समावेश सँगसँगै चीनबाट भारत झस्केर ‘विमष्टेक’ को अवतरणलाई लिन सकिन्छ । वीरेन्द्र शाह वंशको नष्टको फाइदा ज्ञानेन्द्रको परिवार र भारतीय शासन व्यवस्थालाई चिठ्ठा परेको थियो । यहाँसम्म नेपालको स्थितिमा मुलुकलाई यति तन्नम अवस्थामा पुर्याउने छिमेकी भारतको स्पष्ट चित्र देखिएको छ ।
राजा वीरेन्द्रको वंशको सफाया पछि राजा ज्ञानेन्द्रले आफ्नै किसिमबाट सत्ता संचालन, मुलुकको सम्पत्तिको दोहनका लागि आफ्ना आसेपासे सहित करोडौंको राष्ट्रिय ढिकुटीको दोहन गरेका थिए । आखिरमा उनको विगत जीवन पनि राष्ट्रप्रति इमान्दर रहेको थिएन । मुलुक भित्रका सांस्कृतिक सम्पदा मूर्तिहरुको बेचबिखनमा उनको संलग्नता बारे देशभक्त नेपाली जनता ज्ञानेन्द्रको द्रव्य पिशाचको भूतबाट अझै झन्–झन् घनिभूत भएको कुरा उनका व्यवहारबाट स्पष्ट हुन्छ ।
‘नेपाली काँग्रेस’ भन्ने पार्टी यसबेला मृत अवस्थामा लम्पसार परेको छ । लैनचौरद्वारा पालित पोषितका कारण नाकावन्दीको समयमा भारतद्वारा गरिएको अमानवीय नाकावन्दीको समयमा भारतले नाकाबन्दी गरेकै छैन भनेर अन्तर्राष्ट्रिय सम्मेलनमा परराष्ट्रमन्त्रीको हैसियतबाट बोलेपछि सारा न्यायप्रेमी विश्ववासीले भारतीय शासन व्यवस्थाको पछौटेको रुपमा तत्कालीन परराष्ट्रमन्त्री र सरकारको राष्ट्रियता परीक्षण भएको थियो ।
मोदी यसबेला ‘ज्ञानेन्द्रलाई’ आफ्ना गुमस्ता मार्फत नेपालमा राजतन्त्रको वापसीको लालीपप बाँडिरहेका छन् । ज्ञानेन्द्रलाई लालीपप देखाएर काँग्रेस र कम्युनिष्टका नेतालाई आफ्नो स्वार्थसिद्धका लागि जगेडाको रुपमा राखिएका ज्ञानेन्द्रलाई देखाएका छन् । तिमीहरुले मैले भनेको काम गरेनौं भने राजा ज्ञानेन्द्रलाई राजतन्त्रमा वापसी गरिदिन्छु भन्ने मोदीको डिङ्ग हकाइ छ। राजा ज्ञानेन्द्रलाई मोदीले समय–समयमा धार्मिक धर्मान्धीहरुलाई पठाएर राजतन्त्रको वापसीको रटानमा हाल्न लगाएर उचालिरहेका छन् । ज्ञानेन्द्रको महत्वाकाँक्षालाई फुलाइ रहेका छन् । यस किसिमका धार्मिक वितण्डाहरु मच्चाएर मुलुकलाई थिलथिलो बनाएर भुटान र सिक्किमको कथा दोहोर्याउन गइरहेका छन् । यस किसिमका घुणित तानाबुना मोदी बुनिरहेका कुरा झन्–झन् स्पष्ट हुँदै गएको छ ।
मोदीद्वारा नेकपाको हुर्मतको दृश्य
देशभक्त नेपाली जनताले नेकपालाई अत्याधिक बहुमत दिएर बिजयी गराएका छन् । ती विजयहरु सँगसँगै नेतामा मैले जे परे पनि जस्तो नृत्य गरे पनि नेपाली जनताले मलाई समर्थन गर्छन् भनेर राष्ट्रियताप्रति घात प्रतिघातमा ओलीसँगै कतिपयले आफ्ना व्यवहारहरु परिवर्तन गरेका छन् । राष्ट्रप्रति घात प्रतिघात गर्नेलाई राता–रात असल नागरिकको पहिरनमा सुसज्जित गराउने कसरत ओलीबाट भएको छ । राष्ट्रप्रति द्रोह गर्ने, राष्ट्रप्रति घात प्रतिघातका डिजाइनिङ गरेर यहाँसम्म कि सिके राउतले राष्ट्रियता विरोधी हर्कतप्रति, राष्ट्रप्रतिका घात प्रतिघातमा आफूले कतै पनि क्षमायाचना मागेका छैनन् । राष्ट्रप्रति द्रोह र घात गर्नेहरु ती देशघाती करार हुन्छन् । यी यस्ता राष्ट्रघातको क्षमा पनि हुँदैन ।
मोदीको अघिल्लो शासनकालमा बहुमतद्वारा सत्तामा आएका नेकपा एमाले र नेकपा माओवादी बीचको एकताको तारतम्यको सूत्रधार पनि लैनचोर नै भएको खुलासामा आएको छ । जब–जब के.पी. ओलीको विदेश प्रभण हुन्छ त्यसबेला प्रचण्ड पनि आफ्ना तानाबुना प्रयोग गर्छन् । विभिन्न किसिमका नटवर शैलीलाई छताछुल्ल पारेर पोख्ने काम गर्छन् । भनिंदै आएको के छ भने माओवादीको जन्म भारतमै भयो । लालन पालन पोषण र तालिम पनि नेपाल सिध्याउने किसिमबाट नै मलजल भयो ।
माओवादीका नाममा गरिने वितण्डा तथा मुलुक भित्रका स्थापित कलकारखानादेखि लिएर झण्डै–झण्डै ४० वस्तुहरुमा नेपाल आत्मनिर्भर हुँदै गइरहेको थियो । नेपाली यसरी आत्मनिर्भर तर्फ अभिप्रेरित हुँदै जाने कुरा भारतीय सरकारलाई हजम हुन सकिरहेको थिएन । प्रचण्ड र के.पी. ओलीको मिलनविन्दु राष्ट्रियता सम्बर्धक राष्ट्रलाई सवल र सक्षम पार्ने पाटोतिर नभएर भारतीय शासनसत्ताका तर्फबाट दुवैलाई आफ्नो मातहत मार्फत राखेर नेपाललाई कसरी कमजोर बनाउँदै लाने डिजाइन अनुसार नै रचिएको जालो थियो । त्यसै जालोको चक्कर इण्डोप्यासेफिक होली वाइन हुँदै यो भित्रिएको कुरा सिके राउतलाई रातारात नेपालमा सम्मान दिलाउन तथा सिके राउतका देशद्रोही कार्यलाई संस्थागत किसिमबाट संरक्षण सम्बर्धनका लागि गरिएको एउटा घृणित ग्राण्ड डिजाइन भन्न सकिन्छ । ओली प्रचण्ड जो सुकै सत्ताको बागडोर सम्हालेता पनि उनीहरुको प्रभुको तथास्तु बमोजिम रङ रिक्रुटमा भर्ती भएर मालिकले अराएको कार्यप्रति आफ्नो सहमति जनाउनका लागि गरिएको घृणित ग्राण्ड डिजाइन सिवाय केही होइन ।
चीनसँग टाढा राख्ने षडयन्त्रका आधारशिला
भारतीय नाकावन्दीका समयमा ओलीका ती राष्ट्रियताका दम्भहरु यसबेला सिके राउतको देशद्रोही कार्यलाई समेत देशद्रोही करार गर्न नसकेर, उसलाई सजिलो किसिमबाट उन्मुक्ति मात्र होइन यसका लागि आधारभूमि तयार गरिनु पर्ने बोल कबोलमा सहिछाप गरेका कुरा व्यवहारबाट झन् झन् प्रष्ट हुँदैछ । इण्डो पश्चिमीद्वारा गरिएको ग्राण्ड डिजाइन अन्तर्गत ‘होली वाइन’ लाई ओलीद्वारा दिइएको वैधता सँगसँगै ओलीकै वरीपरी यसबेला उनका मातहतमा इण्डो पश्चिमीद्वारा संचालित कार्यव्रmमका संयोज गर्ने, त्यसको अन्तिम विन्दुमा पुर्याउनका लागि प्रधानमन्त्री ओलीलाई सहयोग, सल्लाहाकार विज्ञका नाममा तिनीहरु नै वरीपरी नाची रहेका छन् । ती विभिन्न किसिमका नामधारीहरु दोहोरो स्टेन्डर्डमा काम गरिरहेका छन् ।
इण्डो पश्चिमाको सञ्जाल सँगै नेपाललाई उनीहरुको स्वार्थ अनुकूलताको प्रयोग झन्–झन् बढि रहेको छ । अर्कोतिर चीनसँग नेपालको सम्बन्ध झन् झन् टाढाको सम्बन्धको रुपमा ओल्टाइ पोल्टाइ गरेर त्यस किसिमका व्यवहारहरु प्रष्ट रुपमा देखिदै गइरहेका छन् ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमणको अन्तिम टुङ्गोको अवस्थामा रहेको थियो । चीनका राष्ट्रपतिको नेपाल आगमन हुनु भनेको नेपालको आर्थिक स्थिति तथा नेपालमा विभिन्न क्षेत्रमा विकासका लागि भरोसा किसिमको ग्यारेन्टी हो । नेपालले सकेसम्म आत्मनिर्भरका लागि चलाइने व्यवस्थित क्षेत्रमा चीनको चासो र त्यसको समाधान र त्यसको परिपूर्तिले, विकासका पूर्वाधारका लागि आफ्नो गन्तव्य ग्यारेन्टी दिन खोजिएको कुरा घाम जत्तिकै छर्लङ्ग थियो । नेपाल सवल सक्षम रुपमा स्वतन्त्रताको प्रवल रहिरहोस् भन्ने चाहना भारत र पश्चिमीले नचाहेको कुराको स्पष्ट छ । ती सबैका कारण नेपालको स्थीतिलाई झन् गिजोल्नका लागि इण्डोपश्चिमीद्वारा प्रधानमन्त्री ओली ‘होली वाइन’ त्यसै चासनीको एउटा ग्राण्ड डिजााइन थियो । देशभक्त नेपाली जनता सूसुचित भएका छन् ।
मोदीको मिसन–छिमेकीलाई स्वतन्त्रसँग बाँच्न नदिनु हो
नरेन्द्र मोदी यसबेला छिमेकीलाई तर्साउने व्यवस्थामा लागि परेका छन् । छिमेकीको सम्प्रभुसता माथि सिधै तथा घुमाउरो तरिकाले आफ्नो वशमा राख्ने किसिमको हर्कत देखिएका छन् । ती हर्कतहरु यसबेला कश्मीरमा स्पष्टसँग देखिएका छन् ।
१९४८ मै तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मीरको विवाद राष्ट्रसंघकै सुपरिवेक्षणमा जनमत संग्रहद्वारा टुङ्ग्याउने प्रतिबद्धता गरिएको थियो । ती प्रतिबद्धता गरिएको धोखाघडीप्रति संयुक्त राष्ट्रसंघ किन यसबेला मौनता प्रदर्शन गरिरहेको छ ? नरेन्द्र मोदीका छिमेकी प्रतिको उसका व्यवहारहरु तथा आफ्नो जनता पार्टीको नाममा मुलुकभित्र मुलुक बाहिर जे जस्तो किसिमको हर्कतलाई शिर निहुराएर स्वीकार गर भन्दै आदेशात्मक वोली बोली रहेका छन् । यस किसिमको हर्कत, तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले गरेको प्रतिबद्धता प्रति नरेन्द्र मोदीको हर्कत के क्षम्य हुन्छन् ? अघिल्लो समय ७० वर्षमा गरिएका सम्झौताप्रति घात प्रतिघात गर्न मिल्छ । संयुक्त राष्ट्रसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फट्कार लगाउन के नक्षत्र र वार हेरिरहेको छ ? भारतीय शासन सत्ता प्रति फटकार नलाउनुको औचित्य भारतीय शासनाधिकारको गैर जिम्मेवार व्यवहारलाई नकार्न सकिन्छ ? यो कुराको आधिकारीक स्पष्टता संयुक्त राष्ट्रसंघको तर्फबाट आउनुपर्छ ।
हिन्दू उग्रवादको नाममा धार्मिक धर्मान्धताको कलेवरमा प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरप्रति भारतीय सेनाको प्रयोग गरेर कतिपयलाई जेल हाल्नु तथा मानसिक दवावलाई निरन्तर दिनु हिटलरी शैलीलाई भारतीय धर्मान्ध शैलीको रुपमा रुपान्तरण गर्नु हो । पाकिस्तान, बङ्गलादेश, भुटान, मालदिप तथा नेपालको आन्तरिक मामलामा दखल अन्दाज गरेर ती मुलुकहरु प्रति हैकमी प्रवृत्तिलाई निरन्तरता दिनु हो । यस किसिमका घृणित हेपाहा प्रवृत्ति यो शताब्दीमा ती पुनरावृत हुन सक्तैन भन्ने कुराको सन्देश संयुक्त राष्ट्रसंघले स्पष्ट भाषामा भन्नुपर्छ । संसारभरि जुनसुकै मुलुकमा हिटलरी शैलीद्वारा छिमेकीलाई तर्साउने तथा आन्तरिक मामिलामा दखल अन्दाजी गर्ने हरकत प्रति पनि फट्कार लगाउनु संयुक्त राष्ट्र संघको नैतिक दायित्व हो ।
नरेन्द्र मोदीका पदचिन्हहरु
नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी एकाकार भएर चुनावमा विजय हासिल गरेर, दुई तिहाई सरकार चलाई रहेका छन् । सरकार चलाई राखे पनि चुनाव भएको यतिका समय वितिसक्दा पनि सरकारले गति लिन सकेको छैन । सरकार आफै विभिन्न किसिमबाट भ्रष्टाचार, राष्ट्रियताप्रति उदासीनता, दक्षिणी सिमानाका भारतीय सेनाहरु प्रहरीहरुद्वारा जङ्गे पिल्लर ढाली रहदा पनि नेपाल सरकारको मौनताले सरकार यसबेला छैन बराबरको स्थितिमा पुगेको छ ।
भ्रष्टाचार महङीले देश आक्रान्त छ । प्रशासन न्यायालय यसबेला थिति, बेथिति निचिएको अवस्थामा छ । राष्ट्रियता जस्तो सम्वेदनशील विशेषत नागरिक प्रमाण प्रति गरिएका घात प्रतिघातमा न्यायालय कहिले फुकुवा गर्ने कहिले बन्द गर्ने कुरामा यसै मेसोमा ६० लाखौंको संख्यामा भएको नागरिकता वितरणले गर्दा देश पेलेस्टाइन हुँदै इजरायलमा रुपान्तरित भएको अवस्थामा देश त्यहाँसम्म पुगेको छ । राष्ट्रप्रति नागरिकता दोहन गरेर प्रचण्ड र ओली सत्तामा टाँसिरहने सत्ता मोहको स्वार्थ अनुकूलतामा आफू चुर्लुम्म डुबिरहने वातावरणलाई निरन्तरता दिइरहेका छन् ।
नरेन्द्र मोदीका दक्षिण एसियाप्रति गरिएको हरकतको पीडा हामी नेपालीले पनि भोगी रहेको अवस्थाबाट गुज्रिरहेका छौं । नरेन्द्र मोदीका पदचिन्ह तथा प्रचण्ड र ओलीले सत्तामा निरन्तरताका लागि राष्ट्रलाई शनै–शनै सिध्याउने खेलका नियमहरु बनाएका छन् । यसै अनुरुप गृहमन्त्री बादलले ५ महिना अगाडि बाडिएका नागरिकताको खारेजीको पहल नगर्दासम्म यी कम्युनिष्ट पार्टीको छत्रछायाँमा कतै मुलुकलाई सिक्किम र भुटान बनाउने किसिमका हर्कतहरुको पुनरावृत त होइन ? भन्ने स्थितिमा पुगेको स्पष्ट छ । अझै समय छ राष्ट्र प्रति तिमीहरुद्वारा गरिएको देशद्रोही व्यवहारप्रति क्षमा याचना माग्दै मुलुकको अस्तित्व जगेर्नाका लागि समय समयमा भारतीय सरकारको दवावमा बाडिएका नागरिकताको खारेजीका लागि युद्धस्तरमा पाइला चालिनुपर्छ । ती खारेजीको पाइला नचाल्ने हो हाम्रो मुलुक विश्व रंगमञ्चमा ‘नेपालको’ प्रारुप गौतमबुद्ध देश, सीताको देश, भृकुटीको देशका रुपमा रहने कि नरहने डरले घर गरिरहेको छ ।