मुक्तक
|बकबास सोच विचारको थुप्रो भो मान्छे
अरुलाई ठिक पार्दा पार्दै कुप्रो भो मान्छे
फरक छ एकदमै स्वभाव रुचि र क्षमता
मनको महल नबुझेर झुप्रो भो मान्छे ।।
आफ्नै छातिमा कंक्रिटको जङ्गलले थिचेर
मालामाल भो आज मान्छे पैसालाई सिंचेर
शरम नै नभएपछि के पाप के नैतिकता भो
आकासलाई पनि अत्यास पार्छ सिमाना मिचेर मान्छे।।