विदेश पिञ्जरा

विदेश हिरा जडित सुनको पिञ्जरा चरा यो मन
जति सम्झिन्छु आफ्नो माटो दु:ख बल्झिन्छ झन् झन

सुन चाँदिको ओछ्यान पनि पोल्ने भत भति
चैन आफ्नै झोपडीमा कति भनौं कति कति

सात सूर्य बले पनि दूर देशमा मन भरि अन्धकार छ
कालो रातमा मेरो गाउँ प्रकाश चारैतिर हेर अपार छ

हावाले बोकेर ल्याए झैं लाग्छ मेरो माटोको सुबास
वातावरणमा आज मधु मधु चारैतिर यस्तै छ आभाष

बादलले बोकरे ल्याए झैं लाग्छ मेरो देशको ताजा हाल
थाहा पाउन त्यो कति छ कति भएको मन मेरो बेहाल

Add a Comment

Your email address will not be published. Required fields are marked *