म र ऐना
|‘हो र’ ?!
‘त्यै त…है’ !!
गर्न चाहेर पनि
गर्नै नसकिने
संशोधन त
यही एउटा
अनुहार मात्र होला
नत्र त
म पनि
आफ्नै बिरूद्ध
बाल्थें एउटा मसाल
र माग्थें आफैसँग
यसको संशोधन !
मेरो मौन सम्बाद
सुने छ क्यारे ऐनाले
भन्दैछ-
अनुहार फेर्नु अघि
आँखा बदल
हेर्न जानिएन भने त
सुन्दर चिज पनि
कुरूप देखिन्छ !
फूलमाया
खुसुक्क भन्दिन्छ्यौ कि
मेरो कानमा –
यसो भनेर
यो ऐनाले पनि
मलाई नै
‘साइड[ट]’ हानेको त हैन नि !
One Comment
कतिपय चीजविजहरु संशोधन गर्न नपर्ने खालका हुन्छन् । तपाईंको अनुहार पनि त्यहि श्रेणीमा पर्ने भएकोले संशोधन नगर्नु ल ?