गजल

 

विकृत मनस्थिती बोकेर सृजना नगर
चाहिंदो भन्दा बढि नामको तृषना नगर ।

भगवान ढुङ्गामा कुदिएका छन् के बोल्लान्,
ढुङ्गाको अगाडि उभिएर प्रार्थना नगर ।

मोल(मोलाहिजमा प्रेमको पर्दा खस्यो भने,
दलाल त्यो प्रेमीको कदापि सम्झना नगर ।

मानव नै दानव भएर नाङ्गै नाच्दछ भने,
त्यो दानवका अघि उभिई बन्दना नगर ।

आफ्नो रुप हेर त ऐना अगाडि उभिएर
‘हैन म त्यो भनी’ऐनाको आलोचना नगर ।

आफ्ना र आफन्त बाहेक केही देख्दैनौ भने
हामी साना भुसुनाहरुको मत् गणना नगर ।

Add a Comment

Your email address will not be published. Required fields are marked *