जीवन
|फरक संसार, फरक दृश्य, तर ! हिड्ने बाटो उस्तै
देखाई फरक, भोगाई फरक, जीवन जिउने पाटो उस्तै ।
अग्ला महल, सुन्दर शहर, समुन्द्रको तट बेग्लै ,
नयाँ रमझम,हरपल तर, बल्झिरहने खाटो उस्तै ।
नयाँ युग, नयाँ सोंच,नयाँ आयाम बोके पनि,
तँछाड-मछाड,ठुलो सानो, आपसमा फाटो उस्तै ।
लक्ष्य नयाँ,सपना नयाँ,बुन्दै श्रम बेचे पनि,
सुनौलो घाम नझुल्किने, भाग्यको त्यो टाटो उस्तै ।
फरक संसार, फरक दृश्य,तर ! हिड्ने बाटो उस्तै
देखाई फरक, भोगाई फरक, जीवन जिउने पाटो उस्तै ।
One Comment
Wow, Very nice dai. Keep it up