प्रकृतिको लीला
|मौसमका अनगिन्ती उपहारहरू फेरिरहने रङ्ग
मौसमको बानी हुन्छ कहिले घाम कहिले छाँया
गर्मी थाहा नपाउँदै जाडो तुरुन्त आइहाल्ने
यो मौसमको रहस्य कसोगरी जानि राख्ने ?
बिहानीको झुल्के घाम कति प्यारो कहिलेकहीं जाडोमा
उज्यालो छर्दै झर्छ नुनको ढिक्काजस्तो हिउँ भुईंमा
कहिले सेतो कहिले हरियो हुने मौसमको खेला
उस्तै रैछ प्रकृतिको लीला र मानिसको चोला
कहिले रुखका नव पालुवा हरियाली चारैतिर
कहिले कमलको फूल फुले मनै हुने हरर
बर्षामास धान रोपे हिउँद लाग्दा हुन्छ पहेंलपुर
ऋतूहरु छरिरहन्छन् मिठा मिठा सुगन्ध चारैतिर ।