शिवप्रसाद सत्याल“पीठ”स्मृति ग्रन्थ सार्वजनिक
|एक कार्यक्रमकाबीच नोभेम्बर २४, आइतबार काठमाडौंमा साहित्यकार शिवप्रसाद सत्याल “पीठ”को स्मृति दिवसको अबसरमा“शिवप्रसाद सत्याल “पीठ”त्रिआयामिक व्यक्तित्वका सङ्गम” स्मृति ग्रन्थ सार्वजनिक भयो ।
प्राध्यापक देवीप्रसाद सुवेदीले सम्पादनमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) ले प्रकाशित गरेको यस कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नु भएको थियो ।
कार्यक्रमममा प्राध्यापकहरू वासुदेव त्रिपाठी, लक्ष्मण प्रसाद गौतम, देवीप्रसाद सुवेदी र अनेसासका सल्लाहकार दुर्गा दाहालले साहित्यकार “पीठ”को सम्बन्धमा चर्चा गर्नु भएको थियो ।
समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजकै नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले स्वागत मन्तव्य, राजु सत्यालले धन्यवाद ज्ञापन र समाजका नेपालका महासचिव ऋषिदेव घिमिरेले सञ्चालन गर्नु भएको थियो ।
सो अबसरमा कार्यक्रमका अतिथी तथा प्रतिष्ठानका कूलपपति गङ्गाप्रसाद उप्रेतीले अनेसासको सहकार्यमा प्रतिष्ठानमा डायस्पोरा डेक्स सञ्चालन गर्ने तैयारी भैरहेको जानकारी पनि गराउनु भएको थियो ।