घडी

घडी तँ समयबारे मलाई के सिकाउँछस् ?
मेरो चाल र छायाको बारे तँ अनविज्ञ छस् ।
बन्द गर तेरा टिक टिक !
धित मरुन्जेल सुत्न दे मलाई ।
तेरा खटनमा म चल्न पर्ने ?
सबेरै मरिरहेको मेरो कान कोट्याउँछस् ।
बेलुका फेरी “टाईम फर बेड”को रून्चे आलाप लगाउँछस्
तेरा खटनको मलाई के दिग्दारी हो यो ?
तेरा ढुङ्गे निर्णय बाल हान्छु म
म मेरै आखा मन र कानको आलाम लगाउँछु
यीनै लाई हरेक भित्तामा झुण्याउँछु ।
तेरा आकार बाल हान्छु ।
तेरा आवाज बाल हान्छु
बन्द गर तेरा टिक ! टिक !
धित मरून्जेल सुत्न दे मलाई !

 

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *