गीत: तिमीलाई भेट्दा म खुसी भएछु
|तिमीलाई भेट्दा म खुसी भएछु
हात समाती म संगै गएछु
नदी किनारमा पुगेर उभिदा
मायाले औँठी लगाइ दिएछु
हेरिदियौ तिमीले हरियो बन
म हेर्छु तिमीलाई रमाउछ मन
सिरी सिरी हावाले केश उडायो
पन्छाउ जति माया लाग्छ झन्
अनायास मैले गालामा छोएछु
तिमीलाई भेट्दा म खुसी भएछु
बादल भो चञ्चल नभमा आज
पत्तै भएन समय गएछ साँझ
केही प्यारो केही मीठो भएझैँ
लुकेछ चन्द्रमा माने झैँ लाज
सुस्तरी म निक्कै सामु आएछु
तिमीलाई भेट्दा म खुसी भएछु