मान्छेको उचाई
|
आकाशमा
घामको यात्रा
क्षितिजतिर सर्दै गर्दा
मान्छेको छायाँ चैं
किन मान्छेको उचाईभन्दा पनि
अग्लो बन्दै गएको होला ?
खै कस्लाई सोधूँ ?
साँच्चै भन्नु पर्यो भने
मान्छेले
आफ्नो उचाई
आफ्नो शरीरको भन्छ कि
शरीरको छायाँको ?
छायाँ त कुनै पनि बेला
हराउन सक्छ !
भन्देउन डोल्मा –
छायाँमा अग्लिएको मान्छेलाई
आफ्नो वास्तविक उचाई
थाहा हुन्छ कि हुन्न होला ?!